Wednesday, April 15, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्जका सामुदायिक विद्यालयमा मेयर राजेशमान सिंहद्वारा स्थलगत अनुगमन, शैक्षिक सुधारमा जोड

राष्ट्र आवाज by राष्ट्र आवाज
March 19, 2026
in राजनीति, समाचार, समाज, सम–सामयिक, सरोकार
0
वीरगञ्जका सामुदायिक विद्यालयमा मेयर राजेशमान सिंहद्वारा स्थलगत अनुगमन, शैक्षिक सुधारमा जोड
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज-राजेशमान सिंह ले आज वीरगञ्जस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय, श्रीपुरमा पुगेर स्थलगत अनुगमन गरेका छन्।

अनुगमनका क्रममा मेयर सिंहले विद्यालयमा नियमित कक्षा सञ्चालन भइरहेको अवस्था, विद्यार्थीहरूको उपस्थिति, दिवा खाजा कार्यक्रमको प्रभावकारिता तथा सरसफाइ व्यवस्थापनको अवस्था बारे जानकारी लिएका थिए। उनले विद्यालयको समग्र शैक्षिक वातावरण सुधार गर्न आवश्यक पक्षहरूबारे सम्बन्धित शिक्षक तथा व्यवस्थापनसँग छलफल समेत गरेका थिए।

यस क्रममा उनले शैक्षिक गुणस्तर अभिवृद्धि गर्न, विद्यार्थीमैत्री वातावरण निर्माण गर्न र सरकारी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न विशेष ध्यान दिन निर्देशन दिएका छन्। साथै, विद्यालयको भौतिक पूर्वाधार तथा व्यवस्थापन पक्षलाई समेत सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।

मेयर सिंहले सामुदायिक विद्यालयहरूको स्तर उकास्न स्थानीय तहको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गर्दै शिक्षक, अभिभावक र सरोकारवालाहरूबीच सहकार्य अपरिहार्य रहेको बताए। उनले निरन्तर अनुगमनमार्फत शिक्षा क्षेत्रमा सुधार ल्याइने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

Previous Post

नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्यको शिलान्यास

Next Post

घरेलु हिंसाका पीडितलाई सांसद सुशील कानु द्वारा भेट, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
घरेलु हिंसाका पीडितलाई सांसद सुशील कानु द्वारा भेट, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता

घरेलु हिंसाका पीडितलाई सांसद सुशील कानु द्वारा भेट, उपचार खर्च व्यहोर्ने प्रतिबद्धता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l