Wednesday, April 29, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्यको शिलान्यास

राष्ट्र आवाज by राष्ट्र आवाज
March 19, 2026
in खेलकुद, समाचार, समाज, सम–सामयिक, सरोकार
0
नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्यको शिलान्यास
1
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

लामो समय देखि जिर्ण रहेकोे वीरगन्जको नारायणी रंगशालाको प्याराफिटको पुननिर्माण कार्यको बिहीबार शिलान्यास गरिएको छ ।मधेस प्रदेश खेलकुद परिषदका सदस्य सचिव शिवजी गुप्ताले प्याराफिटको पुन निर्माण कार्यको शिलान्यास गरेका हुन् ।

जेनजी आन्दोलन अघिको सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी रंगशालाको पुनर्निर्माणका लागि ४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

जसमा रंगशालाको ब्लक ’सि’को प्याराफिट निर्माणको लागि काठमाडौको अंकुर निर्माण सेवाले २ करोड १७ लाख ७२ हजारमा भ्याट बाहेक ठेक्का साकार गरेपछी काम सुरु भएको राष्ट्रिय खेलकुद परिषदका इन्जिनियर शिवचन्द्र यादवले जानकारी दिए ।उनका अनुसार केपी ओली नेतृत्वको तत्कालीन सरकारले नै रंगशालामा बजेट हालेको र त्यहि बजेट हाल निकासा भएर आएपछी रंगशालाको पुर्णर्निर्माणको काम सुरु गरिएको हो ।

रंगशलाका जीर्ण प्याराफिटहरु डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्याराफिटहरु भत्काएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको इन्जिनियर यादवले सुनाए ।पर्सा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक कुमार कानुले रंगशलाका जीर्ण प्याराफिटहरु डोजर लगाएर भत्काउन थालिएको छ। पहिलो चरणमा जीर्ण प्याराफिटहरु भत्काएर नयाँ प्याराफिट निर्माण गर्ने योजना रहेको साहले सुनाए।

काठमाडौंको दशरथ रंगशालापछिको दोस्रो ठूलो वीरगन्जको नारायणी रंगशाला (३५ हजार दर्शक क्षमताको ) जीर्ण भइरहँदा पनि मर्मत र पुनर्निर्माणका लागि तीनै तहका सरकारले प्राथमिकतामा राखेका थिएनन् ।

यहाँका खेलप्रेमी र खेलाडीहरुले रंगशाला मर्मत तथा पुर्न निर्माणका लागि करिब एक दशकदेखि विभिन्न दबाबमुलक आन्दोलन पनि गर्दै आएका थिए । संघीय र प्रदेश संसद बैठकमा यस क्षेत्रका जनप्रतिनिधिले नारायणी रंगशालाको पुनर्निर्माणका लागि पटक पटक आवाजपनि उठाउँदै आएका थिए ।

तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पहलमा २०३८ सालमा १७ बिघा १० कट्ठा जग्गा फुटबल, क्रिकेट र कवर्ड हल निर्माणका लागि खरिद र अधिग्रहण गरिएको थियो । २०४२ सालमा निर्माण भएको नारायणी रंगशालाको उद्घाटन तत्कालीन राजा वीरेन्द्र शाहले गरेका थिए ।

यो रंगशलामा करिब डेढ दशक अघिसम्म राष्ट्रिय स्तरका विभिन्न खेलकुद प्रतियोगिता आयोजना हुँदै आएको थियो । तर मर्मत सम्भारको अभावमा रंगशाला जीर्ण हुँदै गएपछि यहाँ कुनै पनि खेलकुद प्रतियोगिता हुन सकेको छैन ।

Previous Post

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदानका कार्यक्रम बढाउन अपिल

Next Post

वीरगञ्जका सामुदायिक विद्यालयमा मेयर राजेशमान सिंहद्वारा स्थलगत अनुगमन, शैक्षिक सुधारमा जोड

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगञ्जका सामुदायिक विद्यालयमा मेयर राजेशमान सिंहद्वारा स्थलगत अनुगमन, शैक्षिक सुधारमा जोड

वीरगञ्जका सामुदायिक विद्यालयमा मेयर राजेशमान सिंहद्वारा स्थलगत अनुगमन, शैक्षिक सुधारमा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l