काठमाडौं – इराक मा अमेरिकी सैन्य विमान दुर्घटना हुँदा चार जनाको मृत्यु भएको पुष्टि भएको छ।
अमेरिकी केन्द्रीय कमान्ड (CENTCOM) का अनुसार पश्चिमी इराकमा अमेरिकी सेनाको KC-135 Stratotanker इन्धन भर्ने विमान दुर्घटनाग्रस्त भएको हो।
कमान्डले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिँदै मार्च १२ मा करिब बिहान २ बजे उक्त विमान दुर्घटनामा परेको जनाएको छ। विमानमा सवार छ जना चालक दलका सदस्यहरूमध्ये चार जनाको मृत्यु भएको पुष्टि भएको छ भने बाँकी सदस्यहरूको उद्धार प्रयास जारी रहेको बताइएको छ।
अमेरिकी केन्द्रीय कमान्डका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक जानकारीअनुसार विमान दुर्घटना शत्रुको आक्रमण वा अमेरिकी सेनाको आफ्नै कारबाहीका कारण नभएको जनाइएको छ।

