Saturday, June 14, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

मुम्बई बन्यो आईपीएलको प्लेअफमा पुग्ने चौथो टोली

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 22, 2025
in खेलकुद
0
मुम्बई बन्यो आईपीएलको प्लेअफमा पुग्ने चौथो टोली
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 जेठ ८-   पाँच पटकको च्याम्पियन मुम्बई इण्डियन्स मुम्बई इन्डियन्स् आइपीएलको प्ले अफमा पुगेको छ।

गएराति भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित गरेसँगै प्ले अफ पुग्ने चार टिमको टुंगो लागेको हो।

यसअघि गुजरात टाइटन्स, रोयल च्यालेन्जर्स बैगलुरु र पन्जाब किङ्स प्ले अफमा पुगिसकेका छन्। हारपछि दिल्ली लिग चरणबाट बाहिरिएको छ।

जितका लागि १ सय ८१ रनको चुनौती पछाएको दिल्ली १८ दशलमव २ ओभरमा १ सय २१ रनमा अल आउट भयो। कमजोर सुरुवात गरेको मुम्बईका कप्तान फाप डु प्लेसिस र अभिषेक पोरेल समान ६ रनमा आउट भए।

केएल राहुल पनि ११ रनमा समेटिए। ३ विकेटको नोक्सानीमा दिल्लीले २७ रन मात्र बनायो। प्ले अफ पुग्न जित्नैपने यो खेलमा दिल्लीका ब्याटरले निराशाजनक प्रदर्शन गरे।

समिर रिज्भीले सर्वाधिक ३९ रन बनाए। विपराज निगमले २० र आशुतोष शर्माले १८ रन जोडे। अन्यले दोहोरो अंकमा रन छुन सकेनन्।

बलिङमा मिचेल स्यान्टनरले ४ ओभर बलिङ गर्दै मात्र ११ रन दिएर महत्वपूर्ण ३ विकेट लिए। जसप्रति बुमराहले ३ ओभर २ बलमा १२ रन खर्चेर ३ विकेट नै लिए।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले‌ सूर्यकुमार यादवको अर्धशतकमा १ सय‌ ८० रन बनाएको थियो।

५८ रन जोड्दा ३ विकेट गुमाई सकेको मुम्बईका‌ लागि सूर्यकुमार र तिलक बर्माले उकासेका थिए। उनीहरुले चौथो विकेटका लागि ५५ रनको साझेदारी गरे।

४३ बल‌ खेलेका सूर्यकुमारले ७ चौका र ६ चौकामा नटआउट सर्वाधिक ७४ रन बनाए। तिलकले २७, ओपनर रायन रिकिल्टनले २५, अर्का ओपनर रोहित शर्माले‌ ५ , कप्तान हार्दिक पाण्डेयले ३ रन जोडे।

नमन धिरले नटआउट २७ रन बनाए।

बलिङमा मुकेश कुमारले २ विकेट लिए। जितमा मुम्बईले १३ खेलबाट १७ अंक बनायो। दिल्लीसँग १३ अंक मात्र छ।

यो पटक दिल्लीसँगै कोलकाता नाइट राइडर्स, लखनउ सुपर जाइन्ट्स, सनराइजर्स हैदराबाद, राजस्थान रोयल्स र चेन्नई सुपर किङ्स लिग चरणबाट बाहिरिएका छन्।

लिग चरणमा अझै सात खेल बाँकी छन्।

 

Previous Post

बोलाएको बेला उपस्थित हुने गरी अख्तियारबाट छुटे सहसचिव भट्टराई

Next Post

खाना पकाउने क्रममा झुक्किएर तेलको सट्टा डिजेल हालिँदा आगलगी

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
खाना पकाउने क्रममा झुक्किएर तेलको सट्टा डिजेल  हालिँदा आगलगी

खाना पकाउने क्रममा झुक्किएर तेलको सट्टा डिजेल हालिँदा आगलगी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l