Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

ट्रम्पको खाडी भ्रमण साउदीबाट शुरू

सत्येन्द्र यादव by सत्येन्द्र यादव
May 13, 2025
in अर्थ, खेलकुद, मनोरञ्जन, राजनीति, विचार, विश्व, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
ट्रम्पको खाडी भ्रमण साउदीबाट शुरू
2
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

खाडी क्षेत्रको भ्रमणमा रहनुभएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबका युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुभएको छ । आफ्नो दोस्रो कार्यकालको पहिलो प्रमुख कूटनीतिक यात्राका क्रममा ट्रम्पले साउदीका युवराजसँग भेट गर्नुभएको बीबीसीले जनाएको छ ।

अमेरिकी राष्ट्रपतिले साउदी अरेबिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) को चार दिने भ्रमणमा अमेरिकामा उल्लेखनीय नयाँ लगानी सुरक्षित गर्ने आशा राख्नुभएको छ । ट्रम्पले यस भ्रमणमा घोषणा गर्ने सम्झौताहरूमा साउदीले १०० अर्ब डलरभन्दा बढीको अमेरिकी हतियार र अन्य सैन्य उपकरणहरू खरिद गर्ने सम्झौता पनि समावेश भएको बताइएको छ । ट्रम्पको प्राथमिकता सूचीमा कूटनीतिक वा सुरक्षा चासोको सट्टा आर्थिक मुद्दाहरू समावेश छन् ।

ट्रम्प, साउदी युवराज मोहम्मद बिन सलमान र रियादमा दिउँसोको खानामा सहभागी भएका विशिष्ट व्यक्तिहरूले एकअर्कासँग हात मिलाएका छन् । त्यहाँ ओपनएआई र एनभिडियाका प्रमुखका साथै ट्रम्पका सल्लाहकार एवम् टेस्लाका मालिक एलन मस्क पनि थिए । भ्रमणका क्रममा अरब नेताहरूले गाजामा पीडा कम गर्न ट्रम्पलाई दबाव दिने खबरमा उल्लेख छ ।

यसैबीच ट्रम्पले प्यालेस्टिनी विद्रोही समूह हमासले रिहा गरेको इजरायली–अमेरिकी बन्धक एडेन अलेक्ज्यान्डरसँग कुराकानी गर्नुभएको छ । अमेरिकी राष्ट्रपतिको मध्यपूर्व भ्रमणको पूर्वसन्ध्यामा हमासले अलेक्जयान्डरलाई रिहा गरेको हो । हमासले यसलाई गाजामा युद्धविराम सम्झौतामा पुग्ने प्रयासको एक हिस्साका रूपमा लिएको छ ।

Previous Post

आर्थिक अपराध अनुसन्धान गर्न प्रहरीमा बेग्लै महाशाखा गठन

Next Post

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

सत्येन्द्र यादव

सत्येन्द्र यादव

Next Post
नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

नेप्से २७ सय ७१ विन्दु पुगेर फर्कियो, कारोबार रकम साढे १० अर्ब नाघ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l