Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व सङ्कलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन

राष्ट्र आवाज by राष्ट्र आवाज
December 30, 2025
in समाचार
0
५ महिनामा ४ खर्ब ९ अर्ब राजस्व सङ्कलन, घरजग्गा र शेयर बजार कारोबार घट्दा लक्ष्य भेट्न कठिन
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा सरकारले ४ खर्ब ९ अर्ब ७८ करोड रुपैयाँ राजस्व उठाएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको कर राजस्व ३ खर्ब ८२ अर्ब २३ करोड उठेको छ भने गैरकर राजस्व २४ अर्ब ७ करोड र विविध प्राप्ति ३ अर्ब ४७ करोड रुपैयाँ सरकारले आम्दानी गरेको हो । यो लक्ष्यको तुलनामा ७८ दशमलव ७४ प्रतिशत हो । गएको वर्षको यही अवधिको तुलनामा राजस्व १ दशमलव ६८ प्रतिशतले वृद्धि भएको छ ।

अर्थ मन्त्रालयका सहसचिव टङ्कप्रसाद पाण्डेयले प्रतिकूल परिस्थितिमा पनि राजस्व गएको वर्षभन्दा सकारात्मक उठेको जानकारी दिनुभयो । उहाँका अनुसार राजस्वको चार वटा क्षेत्र अन्तर्गत भन्सार, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कमा राजस्व सङ्कलन सकारात्मक रूपमै उठिरहेको छ । तर आयकरतर्फ गएको वर्षको तुलनामा ८ प्रतिशतले नकारात्मक वृद्धिदर छ । वृद्धिदर नकारात्मक हुनुमा बजारमा ब्याजदर घट्नु र ब्याजदरबाट प्राप्त हुने ब्याजकरमा कमी आउनु मुख्य कारण रहेको उहाँको भनाइ छ ।

सहसचिव पाण्डेयका अनुसार मङ्सिरसम्मको लक्ष्य नभेट्नुको अर्को कारण पूँजीगत लाभकरमा कमी आउनु पनि हो ।  घरजग्गा कारोबार शिथिल हुँदा त्यसले नेपाल सरकारलाई प्राप्त हुने पूँजीगत लाभकरमा कमी आएको र लक्ष्य भेट्न सकस परेको उहाँले जानकारी दिनुभयो ।

घरजग्गाका कित्ताकाट खुलिसकेको र शेयर कारोबारमा पनि वृद्धि हुने आँकलनले आउँदा दिनमा राजस्व बढ्ने अर्थ मन्त्रालयको विश्वास छ । मन्त्रालयका अनुसार आउँदो चुनावमा हुने खर्च र पुनर्निर्माणमा गरिने खर्चले पनि राजस्व वृद्धिमा सहयोग पुर्‍याउने र लक्ष्य भेट्नेछ ।

 

Previous Post

जय लक्ष्मी बचत–ऋण सहकारीको १८औँ वार्षिक साधारण सभा सम्पन्न

Next Post

थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन कार्यक्रम सम्पन

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन  कार्यक्रम सम्पन

थारु समुदायको महान पर्व माघी मह्त्स्वको तयारीस्वरूप एडिसन कार्यक्रम सम्पन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l