Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

जेन–जीको मागअनुसार बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार छ : मुख्यसचिव अर्याल

राष्ट्र आवाज by राष्ट्र आवाज
September 12, 2025
in समाचार
0
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ – मुख्यसचिव एकनारायण अर्यालले जेन–जीको मागअनुसार अब बन्ने नागरिक सरकारसँग काम गर्न कर्मचारी प्रशासन तयार रहेको बताउनुभएको छ । आन्दोलनका क्रममा सिंहदरबारमा क्षतिग्रस्त भौतिक पूर्वाधारको निरीक्षणपछि पत्रकारसँगको कुराकानीमा उहाँले जेन–जी आन्दोलनको म्यान्डेड र मागअनुसार गठन हुने सरकारसँग काम गर्न आफू र मातहतको सिङ्गो प्रशासन तयार रहेको बताउनुभएको हो ।

मुख्यसचिव अर्यालले अत्यावश्यक सेवाहरू सञ्चालन भइरहेको र सेवाप्रवाहलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको समेत जानकारी दिनुभयो । मुख्यसचिव अर्यालले हिजो र अस्ति सम्बन्धित मन्त्रालयका सचिवहरुसँग भर्चुअल माध्यमबाट छलफल गरी आवश्यक निर्देशन पनि भइसकेको जानकारी दिनुभएको छ ।

उहाँले भन्नुभयो, ‘अत्यावश्यक सेवाहरु खानेपानी, विद्युत तथा टेलिफोनलगायत सञ्चालनमा रहेका छन् ।’ उहाँले राहदानीदेखि वैदेशिक रोजगारसम्बन्धी सम्पूर्ण सेवा अनलाइनमार्फत शुरु भइसकेको बताउनुभयो ।

सुरक्षाको जिम्मा नेपाली सेनाले सम्हालिरहेको र अहिले सुरक्षा अवस्था सामान्यतर्फ उन्मुख रहेको पनि मुख्यसचिव अर्यालको भनाइ छ । उहाँले  पछिल्लो आन्दोलनबाट प्रशासनिक अभिलेखमा अकल्पनीय क्षति पुगेको भन्दै पूर्वाधार र अन्य क्षेत्रको क्षतिबारे प्राविधिक मूल्याङ्कन गरिने बताउनुभयो ।

Previous Post

Next Post

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ

६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन हुने, सुशीला कार्कीले लिइन् प्रधानमन्त्रीको सपथ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l