Thursday, March 5, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वर्तमान संविधानबाटै अबको निकास खोज्न एक ठाउँमा उभिए दलहरु

राष्ट्र आवाज by राष्ट्र आवाज
September 11, 2025
in समाचार
0
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि अहिले देश सरकार विहीन अवस्थामा छ ।

विभिन्न माग राख्दै आन्दोलनमा होमिएका जेनजी समूहका तर्फबाट नागरिक सरकार बनाउन माग भइरहेका छन् ।

जेनजीका विभिन्न समूहहरु विभाजित हुँदा अन्तरिम सरकार कसको नेतृत्वमा बन्छ चासोका साथ हेरिएको छ । जेनजी समूहबाट आएका नामहरु एकले अर्काको अस्तृत्व स्वीकार गर्न नसकिरहेका बेला कतै वर्तमान संविधान नै नरहने हो कि भन्ने संसय पैदा भइरहेको छ ।

यता नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरु भने वर्तमान संविधान अनुसार मुलुकले निकास पाउने विषयमा एक ठाउँमा उभिएका छन् ।

यसअघि सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेले वर्तमान संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिर्नुपर्ने धारणा अघि सारेको छ ।

पार्टी महासचिव शंकर पोखरेलले संविधान र लोकतान्त्रिक विधिबमोजिम देशलाई राजनीतिक निकास दिनुपर्ने बताए ।

उनले संविधानका मर्मअनुरुप सार्थक संवाद सुरु गर्न र नेतृत्वदायी पहलकदमी लिन राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन् । ‘यस्तो विषय परिस्थितिमा संघीय संसद्, न्यायपालिका, प्रदेशसभा, प्रदेश सरकार र स्थानीय तहहरुले आ–आफ्नो स्थानबाट लोकतन्त्रको रक्षाका लागि रचनात्मक भूमिका खेलून् भन्ने हाम्रो आग्रह छ,’ महासचिव पोखरेलले भने, ‘स्थानीय निकायहरुले निर्बाध रुपमा सेवा प्रवाह गर्ने वातावरण निर्माण गरिनुपर्छ । संविधान, लोकतन्त्र, गणतन्त्र, शान्ति र राष्ट्रिय स्वाभिमानका पक्षधर सबै राजनीतिक दलहरुलाई पारस्परिक संवादमा आउन र संवैधानिक तथा लोकतान्त्रिक उपलब्धिको रक्षाका लागि समझदारी निर्माण गर्न आह्वान गर्दछौँ ।’

यता बुधबार नै विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले देशको विषम परिस्थितिमा वैधानिक बाटोबाटै समाधान खोज्न आग्रह गरेका छन् ।

‘हामी यो पहललाई जेन जी पुस्ताको भावना बमोजिम नै निष्कर्षमा पुर्‍याउन आग्रह गर्दछौं । त्यसो गर्दैगर्दा ‘आवश्यकताको सिद्धान्त’ बमोजिम हुने निर्णयलाई पनि संविधान बमोजिम वैधानिक बाटोबाट नै अगाडिको यात्रा तय गर्न सकिन्छ र गर्नुपर्छ भन्ने कुराको स्मरण गराउन चाहान्छौँ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अब देश चलाउन र निर्वाचन गर्न नयाँ राजनीतिक संरचना बनाउँदा देशमा लामो संवैधानिक रिक्तता र शुन्यता आउन नदिन हरसम्भव वैधानिक उपाय अपनाइयोस्, संविधान र लोकतान्त्रिक बाटोबाट नै समाधान खोज्दै यो बेथितिको अन्त्यको मार्गचित्र तय गरियोस् । त्यसमा हाम्रो समर्थन रहनेछ ।’

त्यसो त बिहीबार पनि महामन्त्री थापाले भिडियो सन्देश जारी गर्दै वैधानिक बाटोबाट देशलाई निकास दिनुपर्नेमा जोड दिए ।

त्यस्तै माओवादी केन्द्रले पनि वर्तमान संविधानबाटै निकास खोज्न आग्रह गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि संक्रमणकालिन परिस्थितिको फाइदा उठाउँदै धमिलो पानीमा माछा मार्ने प्रतिगामी सडयन्त्रविरुद्ध सचेत रहँदै एकजुट भएर अघि बढ्न शान्ति, संविधान र गणतन्त्र पक्षधर सम्पूर्ण शक्तिलाई अपील गरेका छन् ।

प्रचण्डले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘जेन–जी आन्दोलनका एजेण्डाहरूले यथास्थिति र तदर्थवादी शासन प्रणालीको साटो उन्नत लोकतन्त्रको माग गरेको छ । यो स्थितिमा आन्दोलनभित्र घुसेर प्रतिगामी तत्वहरुले तोडफोड, आगजनी र विध्वंसमार्फत बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउने धृष्टता गरिरहेका छन् ।’

त्यसैगरी जेनजी पुस्ताको माग लोकतान्त्रिक व्यवस्था र संविधानको विरुद्धमा नभएको भन्दै उनीहरुले उठाएका मागहरु यही संसदीय प्रक्रियाबाट नै अघि बढाउन आग्रह गरे ।

‘जेनजी पुस्ताको माग न लोकतान्त्रिक व्यवस्था र संविधानविरुद्ध थियो, न संसद् विघटनका पक्षमा नै । उहाँहरुले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रबाट पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौँ । कैयन् कमजोरीका वावजूद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रुपमा उत्कृष्ट संविधान हो,’ उनले भनेका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सोही विषयमा जोड दिएका छन् । उनले जेनजी पुस्ताको माग लोकतन्त्र अन्त्य गर्ने नभए पनि घुसपैठका कारण आन्दोलनले नयाँ मोड लिन लागेको देखाउन लागिएको बताए ।

‘जेनजी पुस्ताको माग लोकतन्त्र अन्त्य गर्ने होइन, तर लोकतन्त्र विरोधीहरूले घुसपैठ गरेर मुलुकलाई अस्थिर बनाउने र असफल राष्ट्र बनाउने षड्यन्त्र गर्दैछन् । संसद् विघटन र संविधान खारेज गर्ने खेल लोकतन्त्र विरोधीहरूको हो, यसबारे जेनजी पुस्ता सचेत रहन आवश्यक छ,’ उनले भनेका छन् ।

नेपालले लोकतन्त्र नै नष्ट भएमा वाक स्वतन्त्रता, प्रकाशन स्वतन्त्रता, भेला हुने स्वतन्त्रता र सङ्गठित हुने स्वतन्त्रतासहित नागरिकका मौलिक हकसमेत खोसिने चेतावनी दिए । उनले भने, ‘लोकतन्त्र विहिन राज्यमा भ्रष्ट्राचार र कुशासनविरुद्ध आन्दोलन त के, बोल्नसम्म नपाइने अवस्था सिर्जना हुन्छ ।’

उनले जेनजी पुस्ताले उठाएका माग संविधान र संसदभित्रैबाट सम्बोधन गर्न सकिने बताए ।
‘भ्रष्ट नेताहरूमाथि कारबाही गर्न सकिन्छ, उच्च स्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्न सकिन्छ, जुन हाम्रो पार्टीले पहिलेदेखि नै माग गर्दै आएको हो,‘ विज्ञप्तिमा उल्लेख छ ।

नेपालले छिट्टै संविधान संशोधन गरेर ताजा जनादेशमा जाने र त्यसपछि सरकार सञ्चालन गर्न सकिने धारणा राखे ।
यता राष्ट्रपति रामचन्द्र पौडेलले आफू लोकतान्त्रिक विधिबाटै आगामी बाटो तय गर्ने गरी छलफलमा रहेको बताएका छन् । राष्ट्रपति पौडेलले आज विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन् ।

Previous Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द

Next Post

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l