प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज (सोमबार) साँझ ६ बजेका लागि बैठक तय गरिएको हो।
यसअघि सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध राजधानी काठमाडौंसहित देशभर ‘जेनजेड’ समूहले विरोध प्रदर्शन गरेका थिए। नयाँ बानेश्वरमा भएको प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई प्रदर्शनकारीको ज्यान गएको छ।
यस्तै संवेदनशील घटनाक्रमबीच बस्न लागेको मन्त्रिपरिषद् बैठकलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ। सरकारका एक मन्त्रीका अनुसार नयाँ बानेश्वरमा भएको घटनाबारे बैठकमा विस्तृत छलफल हुने संभावना छ।
बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सार्वजनिक सुरक्षा तथा सरकारका अन्य ताजा एजेन्डाबारे पनि निर्णय हुने अपेक्षा गरिएको छ।

