भदौ २३ -काठमाडौँको नयाँ बानेश्वर स्थित संसद् भवन अगाडि भएको प्रदर्शनमा प्रहरीको गोली लागेर मृत्यु हुनेकाे संख्या दुई पुगेकाे छ । साेमबार भ्रष्टाचार लगायत विरुद्ध जेनजी पुस्ताले प्रदर्शन गरेकाे थियाे ।
यसअघि मृत्यु हुनेमा करिब २२ वर्षीय युवक छन् । एक जनाको मृत्यु पुष्टि भएको सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मोहन चन्द्र रेग्मीले जानकारी दिए । प्रदर्शनमा सुरक्षाकर्मी र प्रदर्शनकारीतर्फ करिब ७७ जना घाइते भएका छन् ।

