Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले सहकारीबाट काम थाल्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
August 10, 2025
in समाचार
0
‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले सहकारीबाट काम थाल्यो
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – सरकारले देशभरका सबै सहकारी सङ्घ–संस्थाहरूलाई सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी विवरण बुझाउन निर्देशन दिएको छ ।

सहकारी विभागले निकालेकाे सूचनालाई आधार मान्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेर निर्देशन कार्यान्वयन गर्न भनेको हो । ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ को ‘ग्रे लिस्ट’ मा परेपछि यस्तो कदम चालेको सरकारले जनाएको छ ।

सरकारले ‘ग्रे लिस्ट’ बाट बाहिर निस्कन सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी पाँच वर्षे राष्ट्रिय रणनीति तथा कार्ययोजना लागू गरेको छ । त्यही कार्ययोजना अन्तर्गत सहकारी क्षेत्रको नियमन र सुपरिवेक्षणलाई सशक्त बनाउन लागिएको निर्देशनमा उल्लेख छ ।

निर्देशन अनुसार सबै सहकारी सङ्घ–संस्थाहरूले आर्थिक वर्ष २०८१/८२ को विवरण साउन मसान्तभित्र अनिवार्य रूपमा फारममार्फत भर्नुपर्नेछ ।

यो व्यवस्थाले सहकारी क्षेत्रमा हुने अपारदर्शी आर्थिक कारोबारलाई निरुत्साहित गर्ने र जोखिममा आधारित अनुगमन प्रणालीलाई बलियो बनाउने सरकारले अपेक्षा गरेको छ ।

गएकाे वर्षकाे फागुनमा सहकारी संस्थाको सङ्ख्या ३२ हजार ९ सय ६५ रहेको छ । सहकारी क्षेत्रमा ११ खर्ब २५ अर्ब २८ करोड बचत र ९ खर्ब २३ अर्ब ४७ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

 

Previous Post

एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता

Next Post

कैलाली कारागार अझै पनि कैदीबन्दीकै नियन्त्रणमा, सुरक्षाकर्मी भित्र पस्न सकेनन्

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
कैलाली कारागार अझै पनि कैदीबन्दीकै नियन्त्रणमा, सुरक्षाकर्मी भित्र पस्न सकेनन्

कैलाली कारागार अझै पनि कैदीबन्दीकै नियन्त्रणमा, सुरक्षाकर्मी भित्र पस्न सकेनन्

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l