Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता

राष्ट्र आवाज by राष्ट्र आवाज
August 10, 2025
in समाचार
0
एकीकृत समाजवादीमा मिलापको प्रयास, नेपाल र खनालबीच भेटवार्ता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

२६ साउन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र सम्मानित नेता झलनाथ खनालबीच शनिबार भेटवार्ता भएको छ।

केही दिनदेखि दुई नेताबीच पार्टीभित्रको आन्तरिक विवाद र राजीनामाको चुनौतीले चर्को बहस चलिरहेका बेला पार्टीका अन्य नेताहरूले उनीहरूलाई भेट गराएका थिए।

समस्या समाधानमा भएन छलफल

अध्यक्ष नेपाल र खनालबीचको भेटवार्ता पार्टी कार्यालय आलोकनगरमा भएको थियो। नेताहरू राजेन्द्र पाण्डे, प्रमेश हमाल, र घनश्याम भुसालले उनीहरूलाई एकै ठाउँमा ल्याएका थिए। भेटपछि पार्टीभित्रको समस्या समाधान हुने अपेक्षा गरिएको थियो, तर नेता खनालले भेटमा मुख्य समस्याबारे छलफल नै नभएको बताए । खनालका अनुसार, ‘हिजो सामान्य भेटघाटमात्र भयो। मैले जिज्ञासा राखेँ, उहाँले आफ्नो कुरा अलि लामो भन्नुभयो। तर आजका समस्याका बारेमा केन्द्रित हुनुभएन ।’ करीब ४० मिनेट चलेको भेटमा कुनै ठोस निर्णय हुन सकेन। अध्यक्ष नेपाल जनकपुर जान हतार भएकाले थप छलफल नगरी हिँडेको खनालले बताए। दुवै नेताले फेरि बसेर छलफल गर्ने कुरा गरेका छन्।

खनालको व्यङ्ग्यात्मक टिप्पणी

भेटघाटपछि खनालले व्यङ्ग्यात्मक शैलीमा ‘सारै ठूलो उपलब्धि भनेको हिजो उहाँसँग भेट भयोभनेर प्रतिक्रिया दिएका छन्। उनले छलफल गर्दै जाने र कुराहरू स्पष्ट पार्ने आशय व्यक्त भएको भए पनि अध्यक्ष नेपालका आफ्नै कुराहरू भएकोले अहिले नै केही भन्न नसकिने बताए । माधव नेपालसँगको भेटपछि खनालले अर्का नेता बामदेव गौतमसँग पनि भेट गरेका थिए। गौतमसँगको भेटमा भने पुराना कुराहरू स्मरण गरेको खनालले जनाए ।

Previous Post

सिराहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह तेलीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Next Post

‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले सहकारीबाट काम थाल्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
‘ग्रे लिस्ट’ बाट निस्कन सरकारले सहकारीबाट काम थाल्यो

'ग्रे लिस्ट' बाट निस्कन सरकारले सहकारीबाट काम थाल्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l