Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हनुमानढोकाको जीर्ण प्रहरी भवन भत्काउने सहमति, मच्छिन्द्रनाथको रथ राख्ने पोखरी पुनर्निर्माण गरिने

राष्ट्र आवाज by राष्ट्र आवाज
August 6, 2025
in समाचार
0
हनुमानढोकाको जीर्ण प्रहरी भवन भत्काउने सहमति, मच्छिन्द्रनाथको रथ राख्ने पोखरी पुनर्निर्माण गरिने
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । २०७२ सालको भूकम्पअघि जिल्ला प्रहरी परिसर, काठमाडौंको रूपमा प्रयोग हुँदै आएको हनुमानढोकास्थित भवन भत्काइने भएको छ । भूकम्पपछि जीर्ण बनेको सो भवनमा रातो स्टिकर टाँसिएको थियो ।

काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) र प्रहरी महानिरीक्षक दीपक थापाबिच बुधबार भएको भेटपछि भवन भत्काउने निर्णय भएको हो । मेयर शाहको सचिवालयका अनुसार ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारीको उपस्थितिमा भएको छलफलको मुख्य एजेन्डा हनुमानढोका क्षेत्रमा रहेको पुरानो प्रहरी भवनको भविष्यबारे थियो ।

दुई रोपनी क्षेत्रफलमा फैलिएको सो भवन भत्काएर मच्छिन्द्रनाथको रथ राख्ने परम्परागत पोखरी पुनर्निर्माण गर्ने विषयमा सहमति भएको छ । मेयर शाहले हनुमानढोका क्षेत्रको सांस्कृतिक महत्त्व जोगाउन र परम्परागत अभ्यासलाई निरन्तरता दिन पोखरी निर्माण आवश्यक रहेको बताएका छन् ।

बैठकमा तत्कालीन नगर पञ्चायतको नाममा रहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयको जग्गामा ट्राफिक टावर र आवश्यक भवन निर्माणबारे पनि छलफल भएको थियो । यसका लागि नेपाल प्रहरीका इन्जिनियर रामकुमार चौधरी र महानगरका इन्जिनियर सन्तोष पाण्डेलाई लेआउट तयार गर्ने जिम्मेवारी दिइएको छ ।

Previous Post

सङ्घ मातहत रहेका पुल र सडक प्रदेशलाई हस्तान्तरण गर्ने मन्त्रालयको निर्णय

Next Post

बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने

बहुविवाह सम्बन्धी विधेयक संसदमा पेस नै नहुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l