Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन

राष्ट्र आवाज by राष्ट्र आवाज
August 5, 2025
in समाचार
0
हिजोदेखि अवरुद्ध बुटवल–नारायणगढ सडक अझै सञ्चालनमा आउन सकेन
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी – हिजोदेखि अवरुद्ध भएकाे बुटवल–नारायणगढ सडक खण्ड अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने पहाडमा पहिरो खसेपछि अवरुद्ध सडक खण्ड सञ्चालनमा आउन नसकेको हो ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्ने पहाडमा लगातार वर्षाले पहिरो, हिलो र चिप्लो भएपछि राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का प्रहरी उपरीक्षक यादव ढकालले निरन्तरजसो पानी परेकाले अवरुद्ध सडक सञ्चालन गर्न नसकेको बताउनुभयो । दाउन्नेको विश्वकर्मा मन्दिर नजिक निर्माणाधीन पुलको आडैमा राजमार्ग भासिएर हिजो ‘ग्राभेल’ राखे पनि आवागमन सहज हुन नसकेको उहाँको भनाइ छ । दाउन्ने क्षेत्रको सडकमा हिलोका कारण फसेका गाडी निकाल्न नसक्दा थप समस्या भएको छ ।

२४ घण्टादेखि सडक अवरुद्ध भएपछि अहिले सयौं यात्रु र गाडीका चालक बीच बाटोमा रोकिएका छन् । बुटवल–नारायणगढ सडक खण्ड विस्तारका क्रममा दाउन्ने पहाड कटान गरिएकाले यो क्षेत्रमा सामान्य पानी पर्दा पनि सडक अवरुद्ध हुने गरेको छ ।

मुग्लिन–नारायणगढ सडक खण्डमा भने समस्या नरहेको तर जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन जिल्ला प्रहरी कार्यालय चितवनले आग्रह गरेको छ ।

Previous Post

सशस्त्र प्रहरीद्वारा वीरगन्जस्थित मानवसेवा आश्रमलाई सहयोगको प्रतिबद्धता

Next Post

संसदीय छानबिन समितिले ‘कुलिङ पिरियड’ मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
संसदीय छानबिन समितिले ‘कुलिङ पिरियड’ मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

संसदीय छानबिन समितिले 'कुलिङ पिरियड' मा छलछामबारेको प्रतिवेदन सभामुखलाई बुझायो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l