Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अस्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन नपाउने

राष्ट्र आवाज by राष्ट्र आवाज
July 30, 2025
in विश्व
0
अस्ट्रेलियामा १६ वर्षमुनिकाले युट्युब चलाउन नपाउने
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

अस्ट्रेलियामा १६ वर्षमुनिका किशोरकिशोरीहरूका लागि भिडियो स्ट्रिमिङ प्लेटफर्म युट्युब पनि प्रतिबन्ध हुने भएको छ । अस्ट्रेलियाली सरकारले किशोरकिशोरीहरूका लागि अब युट्युबलाई पनि सामाजिक सञ्जाल प्रतिबन्धको दायरामा समावेश गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।

शिक्षक र विद्यार्थीहरूमाझ निकै लोकप्रिय भएकोले अस्ट्रेलिया सरकारले पहिले युट्युबलाई प्रतिबन्धबाट छुट दिएको थियो ।

अस्ट्रेलियामा किशोरकिशोरीहरूका लागि प्रतिबन्ध लाग्ने अन्य सामाजिक सञ्जालहरूमा टिकटक, इन्स्टाग्राम, फेसबुक, एक्स र स्न्यापच्याट छन् । सरकारका अनुसार ३७ प्रतिशत किशोरकिशोरीहरूले युट्युबमा हानिकारक सामग्री हेर्ने गरेका कारण यो कदम चालिएको हो ।

प्रतिबन्ध अन्तर्गत किशोरकिशोरीहरूले अझै पनि युट्युब भिडियोहरू हेर्न सक्षम हुनेछन् तर सामग्री अपलोड गर्न र प्लेटफर्ममा अन्तरक्रिया गर्न खाता खोल्न अनुमति पाउने छैनन् ।

गूगलको स्वामित्वमा रहेको युट्युबले भने युवा अस्ट्रेलियालीहरूलाई फाइदा र मूल्य प्रदान गर्ने प्लेटफर्म भएकोले यसलाई बालबालिकाका लागि प्रतिबन्ध लगाउन नहुने भन्ने तर्क गरेको थियो । यस्तै युट्युबले आफूलाई सामाजिक सञ्जाल नभएको बताएको छ ।

अस्ट्रेलियाको कानूनलाई विश्व नेताहरूले ठूलो चासोका साथ हेरिरहेका छन्, नर्वेले यस्तै प्रतिबन्धको घोषणा गरेको छ र बेलायतले पनि त्यसैलाई पछ्याउने विचार गरिरहेको बताएको छ ।

अस्ट्रेलियाली सरकारको यो निर्णयपछि युट्युब र यसको मातृ कम्पनी अल्फाबेटबीच नयाँ द्वन्द्व शुरू हुन सक्ने खबरमा उल्लेख छ । यो प्रतिबन्ध आउँदो डिसेम्बरदेखि लागू हुनेछ ।

यदि सामाजिक सञ्जाल कम्पनीहरूले निर्धारित मापदण्डहरू पालना नगरे उनीहरूले ४ करोड ९५ लाख अस्ट्रेलियाली डलरसम्म जरिवाना तिर्नुपर्ने हुन सक्ने सरकारले बताएको छ ।

Previous Post

भैरहवामा रास्वपा संसदीय दलको बैठक

Next Post

मधेशमा जथाभाबी ‘डीप बोरिङ’ खन्ने सरकारको निर्णय घातक बन्न सक्छ : विज्ञ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
मधेशमा जथाभाबी ‘डीप बोरिङ’ खन्ने सरकारको निर्णय घातक बन्न सक्छ : विज्ञ

मधेशमा जथाभाबी 'डीप बोरिङ' खन्ने सरकारको निर्णय घातक बन्न सक्छ : विज्ञ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l