साउन १४-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक रुपन्देहीको भैरहवामा चलिरहेको छ ।
भैरहवाको रमादा होटेलमा दिउँसो १ बजे शुरू भएको बैठक ४ बजेसम्म चल्ने रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा राष्ट्रिय राजनीति र पार्टीले आउँदा दिनमा चाल्नुपर्ने कदमबारे छलफल हुनेछ ।
संसदीय दलको बैठकअघि कार्यवाहक सभापति, उपसभापति, महासचिव, प्रवक्तासहितको टोलीले सभापति रवि लामिछानेलाई भेट्ने प्रयास गरे पनि कारागार प्रशासनले सामूहिक भेट दिन अस्वीकार गरेपछि कार्यवाहक सभापति डीपी अर्याल र सांसद सोबिता गौतमले मात्रै भेट गर्नुभएको थियो ।
रास्वपा सभापति लामिछाने सहकारी ठगी, सङ्गठित अपराधलगायतका मुद्दाको पुर्पक्षका लागि रुपन्देही कारागारमा रहेका छन् ।

