Sunday, November 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता

राष्ट्र आवाज by राष्ट्र आवाज
July 27, 2025
in समाचार
0
अख्तियार प्रमुख प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२०८२ साउन ११, 

काठमाण्डाै – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईविरुद्ध अख्तियारमै उजुरी दर्ता भएको छ । युवराज सफलले अख्तियार प्रमुख राईमाथि छानबिनको माग गर्दै आज उजुरी दर्ता गराउनुभएको हो ।

युवराज सफलले अख्तियार प्रमुख प्रेमकुमार राई वाइडबडी जहाज घोटाला, नेपाल आयल निगम जग्गा घोटाला, नक्कली भूटानी शरणार्थी प्रकरण लगायतमा मुछिएका भन्दै आवश्यक छानबिन गर्न माग गर्नुभएको छ ।

विशेष अदालतले केही दिनअघि अख्तियारले दायर गरेको वाइडबडी जहाज खरिद प्रकरणको फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै अख्तियार प्रमुख प्रेम राईकै भूमिकामाथि प्रश्न उठाएको थियो । अख्तियारले ‘चयनमुखी अभियोजन’ गरेको भन्दै अदालतले राईमाथि प्रश्न उठाएको हो ।

अख्तियारले २०८० साल चैत २२ गते एक अर्ब ४७ करोड १० लाख ८५ हजार ८४२ रुपैयाँ बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

२०७३ साल वैशाख २ गते तत्कालीन सचिव प्रेमकुमार राईको अध्यक्षतामा निगमनको सञ्चालक समिति बैठक बसेको थियो । त्यस बैठकले निगमका लागि दुई वटा वाइडबडी जहाज खरिद गर्न उपसमिति गठन गर्ने निर्णय गरेको थियो । तर अख्तियारले दायर गरेको आरोपपत्रमा भने त्यस निर्णयबारे कुनै विवाद नगरेको अदालतको टिप्पणी छ ।

विशेष अदालतको टिप्पणीले राईमाथि राजीनामाको दबाव बढिरहेका बेला अख्तियारमै मुद्दा दर्ता भएको हो ।

 

 

Previous Post

वीरगञ्जमा वर्षाले राहत,लामो खडेरी र खानेपानीको अभाव कम हुने आशा

Next Post

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

पानी अभाव भएपछि वीरगञ्जमा ‘हुकिङ’मार्फत डिपबोरिङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l