Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पर्साकाे रामभौरी भाथा धाममा साउने मेला सुरु

राष्ट्र आवाज by राष्ट्र आवाज
July 13, 2025
in समाचार
0
पर्साकाे रामभौरी भाथा धाममा साउने मेला सुरु
1
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

प्रमोद यादव
पर्सा,२९असार:पर्सा राष्ट्रिय निकुञ्ज अन्तर्गतभित्र पर्ने पर्साकाे पटेर्वा सुगौली गाउँपालिका–१ मा अवस्थित ऐतिहासिक तथा धार्मिक पर्यटकीय स्थल श्री श्री १०८ श्री बाबा दुधेश्वरनाथ महादेव मन्दिर रामभौरी भाथा धाममा साउने मेला सुरु भएको छ।

नेपाल र भरतको विभिन्न स्थानका नदी खोला र जलाशयबाट जल भरेर बोलबम कवरियाहरु दुग्धेश्वर माहदेव मन्दिरमा आइतबार बिहानै देखि पुग्न थालेका छन् ।धार्मिक जनविश्वास अनुसार आ–आफ्ना भाकल पूरा भएका भक्तजन र दर्शनार्थीहरु मेल हेर्न र दुग्धेश्वर महादेवको दर्शन गर्न साउन महिनभरी भाथामा पुग्ने गर्छन् ।

भाथामा वर्षको चार पटक मेला लाग्ने गर्छ । साउन महिनाभर,माघमा पर्ने बसन्त पञ्चमी, फागुनमा पर्ने महाशीवरात्री र बैशाखको त्रयोदशी तिथीमा मेला लाग्छ ।

भाथाकाे साउने मेला र दुग्धेश्वरनाथको दर्शन गर्न पर्सा,बारा,मकवानपुर,चितवनका साथै भारत बिहारका बिभिन्नस्थान भक्तजनहरु आउने गरेको मेला व्यवस्थापन समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले बताए ।साउन महिनाभरी लाग्ने मेलामा हरेक सोमबारका दिन करिब ५ हजार दर्शनार्थी आउने प्रारम्भिक अनुमान गरिएको उनले बताए ।

मेलाका बारेमा जानकारी दिन शनिबार मन्दिर परिसरस्थित धर्मशालामा आयाेजित पत्रकार सम्मेलनमा मन्दिर क्षेत्रको ऐतिहासिकता, धार्मिक महत्व र विकास सम्भावनाका विषयमा व्यापक छलफलपनि गरिएको थियो।

पत्रकार सम्मेलनमा मेला समितिका अध्यक्ष गेनालाल राउत कुर्मीले मन्दिरको ऐतिहासिकता र धार्मिक महत्त्वबारे चर्चा गर्दै राज्यको सबै तहबाट अपेक्षित सहयोग नपाएको गुनासो गरे। उनले भने, “पर्सा जिल्लामा पाँचजना मन्त्री भए पनि हाम्रो दुधेश्वरनाथ मन्दिर विकासको दिशामा ओझेलमा परेको छ।”

संघीय सरकारका कानुन मन्त्री अजयकुमार चौरसिया, खानेपानी मन्त्री प्रदीप यादव, सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता तथा मधेस प्रदेशका कृषि तथा भूमि व्यवस्थापन मन्त्री जनार्दन सिंह क्षेत्री, पर्यटन तथा खेलकुद मन्त्री प्रमोद जैसवालको तर्फबाट अपेक्षित सहयोग नपाएको मेला समितिको गुनासाे छ।

पर्यटन विकास कार्यालय वीरगन्जकी प्रमसख बबिता जयसवाललेपनि मन्दिरकाे साैन्दर्यकरणकाे काम सम्पन्न भएर पनि भुक्तानी राेकेकाे मेला समितिका अध्यक्ष कुर्मीले गुनासो गरे।

पत्रकार सम्मेलनमा मेला समितका सल्लाहकार भागवत चौधरीले मन्दिरको ऐतिहासिकता उल्लेख गर्दै भने, “यो मन्दिर करिब १०० वर्ष पुरानो हो र यसले पर्सा जिल्लाको धार्मिक छवि उजागर गर्दै आएको छ।”

नेपाल पत्रकार महासंघका सदस्य प्रमोद यादवले मन्दिरको क्षेत्रलाई चितवनको सौराहा वा मनकामनासँग तुलना गर्दै भने, “यहाँ धर्मशाला, ताल-तलैया, हराभरा जंगल, सेल्फी स्टल, चौतारा लगायतका पर्यटकीय तत्वहरू प्रशस्त छन्। यदि सरकारको ध्यान गएमा यहाँ केबलकार, बाटो, खानेपानी, शौचालय लगायतको सुविधा विस्तार गरेर १२ महिना पर्यटक भित्र्याउन सकिन्छ।”पर्यटक आए सरकारलाई आम्दानी समेत बढने र स्थानीयका लागि रोजगार सृजना पनि हुने उनले बताए ।

मेला व्यवस्थापन समितिले यसपटक खानेपानीको व्यवस्था, अस्थायी शौचालय निर्माण, नेपाल टेलिकमको टावर निर्माण, पिउने पानीका लागि नदीको पानी पाइपमा जडान गर्ने कार्यसमेत अगाडि बढाएको छ। साथै मेला अवधिभर विभिन्न दातृ संस्थाहरूको सहयोगमा २ वटा वाटर ट्यांकरपनि प्रबन्ध मिलाइएको छ।

पत्रकार सम्मेलनमा पटेर्वा सुगौली गाउँपालिकाका अध्यक्ष दिनेश चौधरी, प्रमुख प्रशासकीय अधिकृत प्राण मेहता,मेला प्रचारप्रसार समितिका अध्यक्ष शम्भु महतो लगायतको उपस्थिति रहेको थियो।

Previous Post

बाढीपछि रसुवा–चीन नाका: आफ्नोतर्फ चीनले थाल्यो पुनःनिर्माण, नेपालको छैन सुरसार

Next Post

स्पेन प्रकरण र मन्त्रीकाे घुस ‘डिल’ बारे प्रधानमन्त्रीसँग जवाफ माग

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
शिक्षा विधेयक असार १५ भित्र पारित गर्ने दलहरूको प्रतिबद्धता पूरा नहुने निश्चित

स्पेन प्रकरण र मन्त्रीकाे घुस 'डिल' बारे प्रधानमन्त्रीसँग जवाफ माग

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l