Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

काठमाडौं महानगरको नयाँ नीति : ‘एक वडा, एक उत्पादन’लाई परिस्कृत गर्दै निरन्तरता

राष्ट्र आवाज by राष्ट्र आवाज
July 13, 2025
in समाचार
0
काठमाडौं महानगरको नयाँ नीति : ‘एक वडा, एक उत्पादन’लाई परिस्कृत गर्दै निरन्तरता
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडाैं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ‘एक वडा, एक उत्पादन’ नीतिलाई थप परिस्कृत गर्दै निरन्तरता दिने घोषणा गरेको छ।

नगर सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मेयर बालेन्द्र शाह (बालेन) ले समावेशी उद्यमशीलता प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न नयाँ योजनाहरू अघि सारिएको जानकारी दिए। उनले स्थानीय स्तरमा स्वरोजगार र उत्पादन वृद्धि गर्न ‘इन्कुबेसन सेन्टर’ स्थापना, बिउ पूँजी (Seed Capital) अनुदान कार्यक्रम सञ्चालन, तथा सहकारी सुधार योजना कार्यान्वयनमा ल्याइने बताए।

‘स्थानीय उत्पादनलाई जोड दिँदै हरेक वडामा विशेष उत्पादन विकास गरिन्छ,’ मेयर शाहले भने, ‘यसका लागि आवश्यक सीप, पूँजी र बजार पहुँच उपलब्ध गराउने व्यवस्था गरिन्छ।’

महानगरले महिला, युवा, अल्पसंख्यक तथा पिछडिएको वर्गलाई लक्षित गरी उद्यमशीलता अभिवृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरेको छ।

नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, र डिजिटल सेवा विस्तार लगायतका क्षेत्रलाई प्राथमिकता दिइएको छ।

Previous Post

माओवादी आन्दोलनबारे बाबुरामको विश्लेषण : ‘फुटेका नेतामात्रै दोषी होइनन्’

Next Post

बाढीपछि रसुवा–चीन नाका: आफ्नोतर्फ चीनले थाल्यो पुनःनिर्माण, नेपालको छैन सुरसार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
बाढीपछि रसुवा–चीन नाका: आफ्नोतर्फ चीनले थाल्यो पुनःनिर्माण, नेपालको छैन सुरसार

बाढीपछि रसुवा–चीन नाका: आफ्नोतर्फ चीनले थाल्यो पुनःनिर्माण, नेपालको छैन सुरसार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l