Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगञ्ज खानेपानी समस्याबारे सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड

राष्ट्र आवाज by राष्ट्र आवाज
July 10, 2025
in समाचार
0
वीरगञ्ज खानेपानी समस्याबारे सर्वपक्षीय छलफल : सहकार्य र दीर्घकालीन समाधानमा जोड
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२६ असार, वीरगञ्ज । वीरगञ्ज महानगरमा देखिएको खानेपानी संकटको गम्भीरतालाई मध्यनजर गर्दै बिहीबार सर्वपक्षीय छलफल सम्पन्न भएको छ । बैठकमा महानगर प्रमुख सिंहले पानीको अभाव भएका क्षेत्रमा टंकीमार्फत आपूर्ति गर्दै आएको र ट्यांकरमार्फत दैनिक करिब डेढ लाख लिटर पानी वितरण भइरहेको जानकारी गराएका थिए ।

उनले पाइपलाइन पुगेका ठाउँहरूमा धारा जडानको प्रोत्साहन कार्यक्रम र विभिन्न वडामा डिप बोरिङको पहल भइरहेका विवरण पनि सार्वजनिक गरे । बैठकमा खानेपानी मन्त्री प्रदीप यादवले वीरगंजमा पानीको समस्या गम्भीर रूपमा देखा परेको भन्दै त्यसको समाधानका लागि स्थानीय तहसँग सहकार्य, स्रोतको प्रभावकारी परिचालन तथा दीर्घकालीन योजना निर्माणमा सरकार गम्भीरताका साथ लागेको स्पष्ट पारे ।

छलफलमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला अध्यक्ष हरि पन्तले खानेपानी संस्थानमार्फत धारा जडान गर्दा वडा कार्यालयमा लाग्ने दस्तुर केही समयका लागि निशुल्क गराउन माग गरे । साथै, संस्थानमा थुप्रिएका धारा जडान निवेदनहरू शीघ्र प्रक्रियामा लैजाने व्यवस्था मिलाउन खानेपानी मन्त्रीसँग आग्रह गरे ।

नेपाली कांग्रेस वीरगंज नगर सभापति मणिन्द्रलाल श्रेष्ठले पाइपलाइन सुविधा नभएका क्षेत्रमा मात्रै डिप बोरिङ गरिनु पर्ने र पाइपलाइन भएको क्षेत्रमा भने त्यसैबाट आपूर्ति सुनिश्चित गरिनुपर्ने धारणा राखे । त्यस्तै, नेकपा एकीकृत समाजवादी पर्साका अध्यक्ष नेता बालगोपाल थापाले दीर्घकालीन सोचसहित महानगरको नक्सा पास प्रक्रियामा अण्डरग्राउण्ड टंकी अनिवार्य राख्ने व्यवस्था गर्न जोड दिए ।

उनले यस कार्यमा कडाइ गरी भविष्यमा यस्तो संकट पुनः नदोहोरिने उपाय अपनाउन सुझाव दिए। वीरगंजको खानेपानी संकट साझा समस्या भएको र यसको समाधान पनि सबैको मिलेमतो र सहकार्यबाट हुनुपर्नेमा सहभागिहरुले जोड दिए । वितरण प्रणालीमा राजनीतिक पहुँच, सिफारिस वा दबाबका आधारमा हुने सम्भावित भेदभावलाई पूर्ण रूपमा रोक्नुपर्नेमा बैठमा सबै सहमत भएका छन् ।

महानगरले थालेका प्रयासहरू सराहनीय भए पनि ती प्रयासहरू अझ सुदृढ, व्यवस्थित र दीर्घकालीन सोचअनुकूल हुनुपर्ने आवश्यकता औँल्याइएको छ । महानगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा खानेपानी मन्त्री प्रदीप यादव, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु एवं सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

Previous Post

काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्ने

Next Post

जीतपुरसिमरा उपमहानगरले ल्यायो दुई अर्ब १ लाखको बजेट

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
जीतपुरसिमरा उपमहानगरले ल्यायो दुई अर्ब १ लाखको बजेट

जीतपुरसिमरा उपमहानगरले ल्यायो दुई अर्ब १ लाखको बजेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l