Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

स्वास्थ्य अधिकृत ठाकुर पत्रकारसँगको विवाद टुंगियो, माफी मागेर क्षति व्यहोर्ने सहमति पछि रिहा

राष्ट्र आवाज by राष्ट्र आवाज
July 8, 2025
in समाचार
0
पर्साका जनस्वास्थ्य संयोजक जयमोद ठाकुरद्वारा पत्रकारमाथि दुर्व्यवहारको आरोप
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

२५ असार, वीरगञ्ज । पत्रकारहरूसँग दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर रिहा भएका छन्। पत्रकार र ठाकुरबीच आगामी दिनमा यस्तो गल्ती नदोहोर्‍याउने सहमति भएपछि उनी जिल्ला प्रहरी कार्यालय पर्साबाट बुधबार रिहा भएका हुन्।

आइतबार दिउँसो वीरगञ्जको क्लासिक ब्यान्क्वेटमा जनस्वास्थ्यसम्बन्धी तालिम चलिरहेको बेला सोही स्थानमा चलचित्र पत्रकार संघ, पर्साको पोस्टर सार्वजनिक गर्ने कार्यक्रम पनि भइरहेको थियो। रिपोर्टिङका लागि पुगेका पत्रकारहरू सन्तोषकुमार कुशवाहा, आरोहणकुमार साह, राजु बैठा, राकेशकुमार साह, अर्जुन चौधरी र आनन्दकुमार पटेललाई स्वास्थ्य अधिकृत ठाकुरले अपशब्द प्रयोग गर्दै दुर्व्यवहार गरेको पत्रकारहरूको भनाइ थियो।

यस घटनाले पत्रकार समुदायलाई आक्रोशित बनाएको थियो। आइतबार नै पत्रकारहरूले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा अभद्र व्यवहारको उजुरी समेत दर्ता गरेका थिए। उजुरीका आधारमा पर्सा प्रहरीले ठाकुरलाई छलफलका लागि बोलाएको थियो।

प्रारम्भिक छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि प्रहरीले उनलाई आफ्नो नियन्त्रणमा लिएको थियो। प्रहरी हिरासतमा रहँदा स्वास्थ्यमा समस्या आएपछि उनलाई नारायणी अस्पतालमा उपचारका लागि राखिएको थियो। स्वास्थ्यमा सुधार आएपछि पुनः जिल्ला प्रहरी कार्यालयमा राखिएको थियो। मंगलबार जिल्ला प्रहरी कार्यालयमा भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको छ।

सहमतिअनुसार, ठाकुरले पत्रकारहरूको फुटेको मोबाइल मर्मत गरिदिने र हराएको मोबाईल नयाँ किनिदिन सहमत भएका छन्। उनले आफ्नो गल्ती स्वीकार गर्दै क्षमायाचना पनि गरेका छन्। पत्रकारहरूले उनको माफी स्वीकार गर्दै आपसी समझदारीमा मिलापत्र गरेका छन्।

Previous Post

पोखरिया नगरपालिकामा नियुक्त करार र ज्यालादारी सबै कर्मचारी बर्खास्त

Next Post

काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्ने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्ने

काठमाडौं महानगरको कार्यपालिका बैठक भोलि बस्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l