Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भयाे : प्रधानमन्त्री

राष्ट्र आवाज by राष्ट्र आवाज
July 7, 2025
in समाचार
0
स्पेन भ्रमणले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भयाे : प्रधानमन्त्री
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ (फाइनान्सिङ फर डेभलपमेन्ट) चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा आफ्नो सहभागिताले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अभिवृद्धि भएको दाबी गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो स्पेन भ्रमणको उपलब्धिबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले सम्मेलनमा आफ्नो सहभागिताले नेपालको छवि उँचो हुनुका साथै नेपालको वैदेशिक सम्बन्ध तथा राष्ट्रसङ्घसँगको सहकार्य अझ मजबुत बनाउन सहयोग पुगेको बताउनुभएकाे हाे ।

प्रधानमन्त्रीले सन् २०२६ मा नेपाल अतिकम विकसित देशबाट स्तरोन्नतिमा पुग्ने तयारीमा रहेको भन्दै सहयोगको आह्वान गरेको पनि बताउनुभयो । उहाँले भ्रमणबाट वैदेशिक र राष्ट्रसङ्घसँगको सम्बन्ध सुदृढ हुनुका साथै अतिकम विकसित देशको विकासकोपक्षमा पैरवी भएको उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले सम्मेलनका अवसरमा अतिकम विकसित राष्ट्रहरूको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई जानकारी गराउनुभयो ।

उहाँले खानेपानी तथा सरसफाइ अभियानमा नेपालको सहभागिता घोषणा तथा सम्मेलनमा आयोजित विश्व ऐक्यबद्धतामा लगानी सम्मेलनमा सहभागी र सम्बोधन गरेको पनि बताउनुभयाे ।

Previous Post

साउनमा पशुपति क्षेत्रमा महाशिवरात्रिकै जस्तो व्यवस्थापन गरिने

Next Post

आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

आज पनि अस्पतालहरूमा आकस्मिकबाहेकका सेवा बन्द

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l