Tuesday, December 16, 2025
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

हाजिर गरेर डाक्टर टाप, अस्पतालमा बिरामी अलपत्र

राष्ट्र आवाज by राष्ट्र आवाज
July 7, 2025
in समाचार
0
हाजिर गरेर डाक्टर टाप, अस्पतालमा बिरामी अलपत्र
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२३ असार, काठमाडौं । काठमाडौंको जडिबुटीबाट एक महिला श्रीमानलाई उपचार गराउन आज बिहान अस्पताल आइन् ।

सुगर र मिर्गौलाको समस्यासँग जुधिरहेका र खुट्टामा पिप जमेर हिँडडुल गर्न नसकेका श्रीमानलाई लिएर उनी अस्पताल आएकी थिइन् । तर, नेपाल चिकित्सक संघको आन्दोलनका कारण ओपीडी सेवा बन्द भएको थाहा पाएपछि उनी बिलखबन्दमा परिन् ।

अनलाइनखबरसँग कुरा गर्दै उनले भनिन्, ‘सरकारी अस्पताल बन्द भएपछि हामीजस्ता गरिबलाई मर्नु सिवाय अर्को विकल्प हुँदैन ।’

उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी पछिल्ला मुद्दामा सुनाएको फैसलाले नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प पार्दा यस्ता धेरै विरामीहरु अत्यावश्यक स्वास्थ्य सुविधाबाट बन्चित भए ।

डाक्टरहरुलाई जँचाउन भनेर टिकट काट्न बीर अस्पतालमा पुगेका धेरै बिरामीहरु बन्द सटरमा टाँसिएको सूचना पढेर फर्किन बाध्य भए ।

आन्दोलनरत चिकित्सकहरु भने अस्पताल परिसरमा देखिएनन् । उनीहरु हाजिर गरेर घर–घर फर्किएको एक चिकित्सकले बताए । बीर अस्पताल प्रशासनका अनुसार अधिकांश डाक्टरहरुले आज हाजिर भने गरेका छन् ।

बीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काका अनुसार अस्पताल प्रशासनले बन्द सटर खोलेर सेवा दिन खोजेको थियो । तर, चिकित्सक संघका प्रतिनिधिहरु आएर ताला लगाए ।

‘जबर्जस्ती ताला खोलेर सेवा दिन खोज्दा झडप होला भन्ने लाग्यो र ओपीडी सेवा सुरु गर्न सकेनौं,’ बीर अस्पतालका सूचना अधिकारी सिताराम खड्काले भने ।

केही सातायता उपभोक्ता अदालतले उपचारमा लापरबाही गरेको मुद्दामा बिरामीका आफन्तको पक्षमा फैसला गरेको थियो ।

उपभोक्ता अदालतले ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा सम्लग्न चिकित्सकले १ करोड ४५ लाख रुपैयाँ र ग्राण्डी सिटी अस्पताल र त्यहाँ उपचारमा कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो ।

त्यसबाट मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै नेपाल चिकित्सक संघ आन्दोलनमा उत्रिएर आज आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो । बीर अस्पतालका विभागतिर पनि डाक्टरहरुको उपस्थिति देखिँदैन ।

अस्पताल जस्तो संवेदनशील क्षेत्रमा बन्द हड्ताल गर्न नपाइने भए पनि त्यसको पालना नहुँदा बिरामीहरु अत्यावश्यकीय स्वास्थ्य उपचारको सेवा पाउनबाट बन्चित हुँदै आएका छन् ।

 

Previous Post

आज पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मदिन, निर्मल निबासमा राजावादीको घुइचो

Next Post

माओवादी सांसदद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिष्कार

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
माओवादी सांसदद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिष्कार

माओवादी सांसदद्वारा संसदीय सुनुवाइ समिति बैठक बहिष्कार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l