Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा, ठाउँठाउँमा डुबान

राष्ट्र आवाज by राष्ट्र आवाज
June 30, 2025
in समाचार
0
कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा, ठाउँठाउँमा डुबान
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – कैलाली र कञ्चनपुरमा आरीघोप्टे वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागको वेबसाइटमा प्राप्त जानकारीअनुसार कञ्चनपुरको बेलौरीमा १२ घण्टामै २ सय ७० मिलिमिटर वर्षा भएको छ । यस्तै कञ्चनपुरको कृष्णनगरमा १२ घण्टामा १ सय ९२ मिलमिटर र कैलालीको धनगढी विमानस्थलमा १२ घण्टामा १ सय ८१ मिलिमिटरभन्दा धेरै वर्षा मापन भएको छ ।

धनगढी बजार जलमग्न भएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ८ र १२ लगायतका टोलका धेरैजसो घरमा पानी पसेर क्षति पुगेको छ । वडा नम्बर ८ को शिक्षानगरमा पनि डुबान भएको छ ।

यस्तै कञ्चनपुरका पुनर्बास, कृष्णपुरलगायतका ठाउँमा केही घरमा बाढी पसेको छ । बाढीले डुबानमा परेपछि कृष्णपुर–५ पवित्रबस्तीको आरती विकको घरका चार जना सदस्यलाई प्रहरीले उद्धार गरेर नजिकैको आधारभूत विद्यालयमा राखेको प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले जानकारी दिनुभयो ।

अत्यधिक वर्षा भएपछि मौसम पूर्वानुमान महाशाखाले सूचना निकालेर सावधानी अपनाउन भनेको छ । यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायहरूलाई उच्च सतर्कता अपनाउन र परिचालनका लागि तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ । उहाँले स्थानीय बासिन्दालाई पनि सुरक्षित रहन आग्रह गर्नुभएको छ ।

Previous Post

वीरगञ्ज महानगरपालिकाले भन्सार क्षेत्रमा डोजर चलायो

Next Post

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

रुपन्देही–३ मा आउँदाे कात्तिक १७ गते उपचुनाव हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l