Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई वडा ३० को सरकारी विद्यालयमा भर्ना गराए

राष्ट्र आवाज by राष्ट्र आवाज
१० असार, मंगलवार
वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई वडा ३० को सरकारी  विद्यालयमा भर्ना गराए
0
SHARES
0
VIEWS

असार १०, २०८२ 

वीरगन्ज महानगरपालिका–३० स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, लालपर्सामा अङ्ग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ। डा अध्यक्ष मनोज यादवको घोषणापत्रअनुसार बाल विकास तह र कक्षा १ मा अङ्ग्रेजी माध्यमबाट अध्यापन सुरु गरिएको हो।

शिक्षामा समानता र सरकारी विद्यालयको गुणस्तरमा विश्वास प्रकट गर्दै वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई पनि सोही विद्यालयमा भर्ना गराएका छन्। यस उदाहरणमार्फत उनले अभिभावकहरूलाई सरकारी विद्यालयतर्फ विश्वास गर्न र साथ दिन प्रेरित गरेका छन्।

विद्यालय सुधारको अभियानअन्तर्गत अध्यक्ष यादवले व्यक्तिगत रूपमा कक्षा १ मा अध्ययनरत ६४ जना विद्यार्थीहरूलाई “All in One Book” नामक शैक्षिक सामग्री वितरण गरेका छन्।

उनले भने, “सरकारी विद्यालय पनि सक्षम, गुणस्तरीय र भरोसायोग्य बनाउन सकिन्छ। तर, त्यसका लागि हामी सबैले हातेमालो गर्नुपर्छ।”

अध्यक्ष यादवले अभिभावकहरूलाई आह्वान गर्दै भने, “आफ्ना बच्चाहरूलाई सरकारी विद्यालयमै भर्ना गरौं, र आफ्नै टोलको विद्यालयलाई नमुना बनाउन सघाऔं।” विद्यालय प्रशासनले वडा अध्यक्षको सक्रियता र प्रतिबद्धता सराहनीय भएको भन्दै यसले समुदायमा शिक्षा प्रतिको विश्वास पुनःस्थापित गर्न सहयोग पुगेको बताएको छ।

 

Previous Post

यी चार कारणले तीन करोडभन्दा कमका योजना बजेटमा समेटिए

Next Post

बहुदरमाई नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज