Monday, April 13, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

यी चार कारणले तीन करोडभन्दा कमका योजना बजेटमा समेटिए

राष्ट्र आवाज by राष्ट्र आवाज
June 24, 2025
in समाचार
0
यी चार कारणले तीन करोडभन्दा कमका योजना बजेटमा समेटिए
2
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । अर्थमन्त्री विष्णु प्रसाद पौडेलले सङ्घीय आयोजनामा तीन करोड रुपैयाँभन्दा कम विनियोजन हुनुको चार वटा कारण रहेको बताएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठकमा अर्थ मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनका अनुसार तीन करोडभन्दा कम लागतका क्रमागत आयोजनामा भने त्योभन्दा कम विनियोजन भएको हुनसक्ने बताए । अघिल्लो वर्षको दायित्व भुक्तानी प्रयोजनको लागि मात्रै भएको उनको भनाइ छ ।

त्यस्तै, सङ्घीय सरकारको एकल अधिकारको क्षेत्र रहेका ठाउँमा तीन करोडभन्दा कम लागत हुने अवस्थामा समेत यसरी रकम विनियोजन गरिएको उनले बताए ।

त्यसबाहेक विपद् व्यवस्थापनपछिको पुनर्निर्माणमा पनि तीन करोडभन्दा कम लागत भए त्यसमा सो सीमाभन्दा कम विनियोजन भएको अर्थमन्त्री पौडेलले बताए ।

चालु आर्थिक वर्षको बजेटमा सङ्घीय आयोजनामा तीन करोडभन्दा कम बजेट नहाल्ने नीति लिइएको थियो । उल्लेखित बाहेक अवस्थाका हकमा यो नीतिमा आफू दृढ रहेको पौडेलले बताए ।

 

Previous Post

इरानले युद्धविराम उल्लङ्घन गरेको इजरायलको आरोप, तेहरानमा शक्तिशाली आक्रमण गर्न रक्षामन्त्रीको आदेश

Next Post

वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई वडा ३० को सरकारी विद्यालयमा भर्ना गराए

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई वडा ३० को सरकारी  विद्यालयमा भर्ना गराए

वडा अध्यक्ष यादवले आफ्नी छोरीलाई वडा ३० को सरकारी विद्यालयमा भर्ना गराए

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l