Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

गृहमन्त्रीकाे प्रस्तावमा गठन भएकाे छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार

राष्ट्र आवाज by राष्ट्र आवाज
१० असार, मंगलवार
गृहमन्त्रीकाे प्रस्तावमा गठन भएकाे छानबिन समिति स्वीकार नगर्ने भन्दै रास्वपा र राप्रपाद्वारा संसद् बहिष्कार
0
SHARES
0
VIEWS

काठमाण्डाै – सरकारले अध्यागमन र भिजिट भिसा सम्बन्धमा देखिएका समस्या समाधान गर्न गठित उच्चस्तरीय अध्ययन एवम् छानबिन समिति बनाएको जानकारी प्रतिनिधिसभामा गराएको छ ।

पूर्वमुख्यसचिव शङ्करदास वैरागीको संयोजकत्वमा बनाइएको ७ सदस्यीय समितिबारे आजको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री रमेश लेखकले जानकारी गराउनुभयो । उहाँका अनुसार वैरागी संयोजकत्वको समितिमा अर्थ मन्त्रालयका सहसचिव तीर्थराज चिलवाल, कानून न्याय तथा संसदीय व्यवस्था मन्त्रालयका सहसचिव अरुणा जोशी, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, परराष्ट्र मन्त्रालयका सहसचिव मणिरत्न शर्मा र श्रम तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव प्रदीप कोइराला सदस्य हुनुहुन्छ ।

समितिको सदस्य सचिवमा गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहनुभएको छ । गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे छानबिन गर्नका लागि आफ्नै प्रस्तावमा समिति सरकारले गठन गरेको समेत बताउनुभएको छ । उहाँले यो समितिले सदनमा उठेका सबैको भावनालाई समेटेको दाबी गर्नुभयो ।

हिजाे बसेकाे मन्त्रिपरिषद् बैठकले पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा छानबिन समिति बनाउने निर्णय गरेको थियो । समितिलाई ९ वटा कार्यादेश छ । तर छानबिन समिति स्वीकार नगर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आजको संसद् बैठक पनि बहिष्कार गरेका छन् । उनीहरूले गृहमन्त्रीकै प्रस्तावमा गठन भएको यो समितिले निष्पक्ष छानबिन गर्न नसक्ने दाबी गरेका छन् ।

रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्ले र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले आजको बैठकमा बोल्दै निष्पक्ष छानबिन हुन नसक्ने बताउनुभयो ।

 

 

Previous Post

जीतपुरसिमराको नगरसभा के कारणले भयो स्थगित ?

Next Post

त्रिभुवन राजपथ शुक्रबार र शनिबार दिउँसो ४ घण्टा बन्द हुने

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज