८ जेठ, काठमाडौं । आइतबार जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।
आगामी तीन दिनसम्म कर्णाली, महाकाली, पूर्वी राप्ती, पश्चिम राप्ती, कन्काई, कमला, बागमती र बबई नदीहरूको जलसतह सतर्कता तहभन्दा तलै रहे पनि बढ्दो क्रममा रहने महाशाखाले जनाएको छ। यसैगरी, कोशी र नारायणी नदी तथा तिनका प्रमुख सहायक नदीहरूको जलसतह सतर्कता तहको आसपास रहने सम्भावना देखिएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आवश्यक रहेको महाशाखाले जोड दिएको छ।
आज विशेषगरी ३२ जिल्लाहरूमा रहेका साना नदी तथा खोलाहरूमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम देखिएको छ। यी जिल्लाहरूमा इलाम, पाँचथर, धनकुटा, उदयपुर, काभ्रेपलाञ्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासीपूर्व, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ, दाङ, प्युठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली र कञ्चनपुर रहेका छन्। यी क्षेत्रका नदी तटीय बासिन्दालाई सामान्य सतर्कता अपनाउन आग्रह गरिएको छ।

