Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

राष्ट्र आवाज by राष्ट्र आवाज
June 12, 2025
in समाचार
0
शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । गृहमन्त्री रमेश लेखकले शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विद्यालय शिक्षा विधेयक पारित हुने बताएका छन् । बिहीबार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गृहमन्त्री लेखकले शिक्षक आन्दोलनको स्मरण गर्दै शिक्षकले विद्यालय र कक्षा कोठामा मात्र नभई सडकमा समेत कसरी प्रस्तुत हुनुपर्छ भनेर विद्यार्थीलाई पाठ सिकाएको बताए ।

उनले नेपाली कांग्रेस विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले उठाएको माग सम्बोधन गर्ने विषयमा एकमत रहेको र सहमति र सम्झौताबमोजिम शिक्षा विधेयक पारित गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे ।

गृहमन्त्री लेखकले प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही व्यक्तिहरू नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सदन अवरोध भइरहेको बताए । उनले सदन सुचारु गर्ने विषयमा छलफल भइरहेकोले सम्झौताअनुसार असार १५ गते नै शिक्षा विधेयक पारित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले भने, ‘तपाईँहरूले सडकमा आफ्ना मागहरू उचाल्दै गर्दा हाम्रा पूर्वज र हामीले स्थापना गरेको संघीय गणतान्त्रिक लोकतान्त्रिक व्यवस्था र सोही अनुरूप निर्माण गरिएको संविधानलाई नै फेर्ने र फेरि प्रतिगमनतर्फ जाने हिसाबले सडकमा आवाज उठिरहेको थियो । शिक्षक आन्दोलनले कुन रूप लिन्छ भन्ने लागिरहेको थियो तर तपाईँहरूको आन्दोलन लोकतान्त्रिक, संयमित ढंगले अघि बढेको देख्दा तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु । शिक्षकहरूले विद्यार्थीहरूलाई विद्यालय र कक्षा कोठा भित्र मात्र पढाएका छैनन् । सडकमा पनि कस्तो हुनुपर्छ भनेर शिक्षा दिएका छन् । तपाईँहरूले विद्यालय र कक्षा कोठामा मात्र हैन सडकमा उभिएर पनि आफ्ना मागहरू कसरी राखिन्छ, सरकारको ध्यानाकर्षण कसरी गरिन्छ भनेर वर्तमान र आउने पुस्तालाई पनि सिकाउनु भएको छ । तपाईँहरूले सरकारसँग सहमति गर्नुभएको छ । आज कार्यक्रमका प्रमुख अतिथि माननीय शेरबहादुर देउवाले पटक पटक विदेशमा भएको समयमा पनि शिक्षकहरूको आन्दोलन के भइरहेको छ भनेर सोध्नुहुन्थ्यो । नेपाली काँग्रेस सिंगो पार्टीले शिक्षक आन्दोलनप्रति चिन्ता र चासो व्यक्त गर्नुभएको थियो । र, समग्रमा काँग्रेस एक ढिक्का भएर, एउटै दृष्टिकोण बनाएर विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले उठाएको माग सम्बोधन हुनुपर्छ भनेर एकमत थियौँ । तपाईँहरुसँग गरेको सहमति र सम्झौता बमोजिम हामी शिक्षा विधेयक पारित गर्न प्रतिबद्ध छौँ । तर, तिथि मिति तोकिएअनुसार असार १५ गते नै विधेयक पारित हुने अवस्था बनोस् । केही समयदेखि अवरोध भएको छ संसद् । यो संसद्को अवरोधका पछाडि प्रमुख प्रतिपक्षी र प्रतिपक्षी दलभन्दा पनि केही मानिसहरू नियोजित ढंगले राजनीतिक पूर्वाग्रह राखेर सामान्य विषयलाई बोकेर हिँडिरहेका छन् । एउटा सामान्य विषय त्यसमा अख्तियारले एउटा कर्मचारी माथि छानबिन गरिरहेको छ । सोही विषयलाई उचालेर व्यक्तिगत चरित्र हत्या गर्दै विगत २ सातादेखि सदन अवरोध गरिरहेका छन् । त्यसैले शिक्षक र सरकारबीच भएको सहमतिकै आधार र मितिमा विधेयक अगाडि बढाउने र पारित गर्ने प्रतिबद्धता दोहोर्‍याउन चाहन्छु ।’

Previous Post

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

Next Post

सुनको भाउ आज एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सुनको भाउ आज एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन ४ हजार २ सय रुपैयाँले बढ्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l