Friday, February 13, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

राष्ट्र आवाज by राष्ट्र आवाज
June 12, 2025
in समाचार
0
दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

भारतको गुजरातमा रहेको अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल नजिकै एउटा विमान दुर्घटनामा परेको छ ।

२ सय ४२ जना बोकेर अहमदाबादको मेघानी शहरमा रहेको विमानस्थलबाट बेलायतको लन्डन जान लागेको एअर इन्डियाको उडान नम्बर एआई १७१ विमान दुर्घटनामा परेको बीबीसी हिन्दीले जनाएको छ ।

बोइङ ७८७–८ विमानले उडान भरेको केही समयपछि नै दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् ।

भारतको नागरिक उड्डयन निर्देशनालयका प्रमुख फैज अहमद किदवईले समाचार एजेन्सी एपीसँग कुराकानी गर्दै एअर इन्डियाको विमान मेघानी नगर भनिने एक आवासीय क्षेत्रमा खसेको बताउनुभएको छ ।

दुर्घटनाग्रस्त विमानमा २ सय ३२ यात्रु र १० जना चालक दलका सदस्य रहेको एअर इन्डियाले सामाजिक सञ्जाल प्लेटफर्म ‘एक्स’ मा जानकारी दिएको छ ।

विमानमा रहेकामध्ये १ सय ६९ जना भारतका, ५३ जना बेलायतका, सात जना पोर्चुगलका र एक जना क्यानडाका रहेका खबरमा उल्लेख छ ।

दुर्घटनामा घाइते भएकाहरूलाई नजिकको अस्पतालमा लगिएको छ ।

यसैबीच एअर इन्डियाको विमान दुर्घटनापछि अहमदाबाद अन्तर्राष्ट्रिय विमानस्थल बन्द गरिएको छ ।

Previous Post

सदनको गतिरोध खुलाउन प्रचण्ड र नेपालबीच छलफल, दुई बुँदे ड्राफ्टमा सहमति

Next Post

शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

शिक्षक र सरकारबिचको सम्झौताअनुसार नै विधेयक पारित हुन्छ : गृहमन्त्री लेखक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l