Tuesday, January 20, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता

राष्ट्र आवाज by राष्ट्र आवाज
June 12, 2025
in समाचार
0
काठमाण्डौ महानगरका मेयर र उपमेयरबीच तीन महिनापछि भेटवार्ता
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – काठमाण्डाै महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डङ्गोलबीच कार्यपालिका बैठक सञ्चालन गर्ने सहमति भएको छ । मेयर र उपमेयरबीच तीन महिनापछि भएको भेटवार्तापछि कार्यपालिका बैठक बोलाउने सहमति भएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर शाह, उपमेयर डङ्गोल, प्रवक्ता एवम् वडा नम्बर १७ का अध्यक्ष मानन्धरसहित वडा नम्बर १५ र ३२ का अध्यक्षहरूको सहभागिता थियो । बैठकको मिति तय नभएको तर छिटै बैठक बोलाउने सहमति भएको मानन्धरले बताउनुभयो ।

मेयर–उपमेयरबीच गएको पुसदेखि नै खटपट शुरू भएकोमा पछिल्लो तीन महिनामा भने भेट नै भएको थिएन । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंसँगको विवादपछि मेयर र उपमेयर, प्रवक्ताबीचको दुरी बढेको थियो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले काठमाण्डाै टावरको प्रक्रिया नपुर्‍याई नक्शा पास गरेको आरोपसँगै २०८१ सालकाे पुसमा विवाद उत्पन्न भएको थियो । त्यसपछि मेयर शाहले गुरागाईंमाथि छनबिन शुरू गर्दै अर्को प्रशासकीय अधिकृत पठाउन सङ्घीय सरकारलाई पत्राचार गरे पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई नै काम गर्ने वातावरण मिलाउन भन्दै महानगरलाई पत्र पठाएको थियो । मेयर शाहले हाजिर गराउन नमानेपछि उपमेयर डङ्गाेलसहितका जनप्रतिनिधि र कर्मचारीले गुरागाईंलाई हाजिर गराएका छन् ।

काठमाण्डौ महानगरमा गएको पुस ८ गतेपछि कार्यपालिका बैठक बस्न सकेको छैन । बैठक बस्न नसक्दा असार मसान्तभित्र ल्याउनुपर्ने महानगरको बजेट नै अन्योलमा परेको छ ।

Previous Post

भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ

Next Post

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

दुर्घटनाग्रस्त एअर इन्डियाकाे विमानमा कुन देशका कति नागरिक थिए ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l