Friday, January 23, 2026
Rastra Aawaj
Advertisement
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

रास्वपाको पाँचबुँदे प्रस्तावको विपक्षी दलहरूले संयुक्तरूपमा अपनत्व लिने

राष्ट्र आवाज by राष्ट्र आवाज
June 11, 2025
in समाचार
0
प्रतिनिधिसभा बैठक बुधवार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौँ, २६ जेठः नयाँ बानेश्वरस्थित स‌ङ्घीय संसद भवनमा सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सहभागी सांसदहरु । तस्बिरः गोपाल दाहाल÷रासस

0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले तयार पारेको पाँचबुँदे प्रस्तावप्रति विपक्षी दलहरूले संयुक्तरूपमा अपनत्व जनाएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दलको बैठकले रास्वपाको प्रस्तावमा अपनत्व जनाउने निर्णय गरेको हो ।

रास्वपाले सत्तारुढ कांग्रेसलाई जेठ २६ मा पाँच बुँदे प्रस्ताव पठाएको थियो ।

रास्वपाले कांग्रेसलाई बुझाएको प्रस्तावमा भिजिट भिसा दुरुपयोग तथा मानव तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने उल्लेख थियो । भिजिट भिसा प्रकरणमा छानबिन गरिरहेको अख्तियारलाई सरकारले पूर्ण सहयोग र सहजीकरण गर्ने सुनिश्चितता हुनुपर्ने, मानव तस्करी र सांगठनिक अपराधमा सरकारी संयन्त्र, ट्राभल एजेन्सी, म्यानपावर कम्पनी, एयरलाइन्स र नेपाली तथा विदेशी नियोगको संलग्नता भएको आशंका हुँदा यसको व्यापक र बहुआयामिक अनुसन्धान गर्न ५ दिनभित्र उच्चस्तरीय छानबिन समिति गठन गर्ने प्रतिबद्धता प्रधानमन्त्रीबाट आउनुपर्ने माग रास्वपाको छ ।

यस्तै, सर्वपक्षीय सांसद सम्मिलित संसदीय अनुगमन समूह गठन गर्नुपर्ने , छानबिन प्रक्रियामा गृह मन्त्रालय मातहतका अध्यागमन विभाग, प्रहरी, परराष्ट्र मन्त्रालय, नागरिक उड्डयन प्राधिकरण र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय हुनुपर्ने, अनुसन्धान प्रक्रिया र अध्ययन प्रतिवेदन सार्वजनिक गर्दा पारदर्शिता अपनाउनुपर्ने रास्वपाको प्रस्तावमा उल्लेख छ । छानबिन समितिले नै गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने कि नपर्ने भन्ने निर्णय लिने अधिकार हुनुपर्ने प्रस्ताव रास्वपाले गरेको छ ।

आजको बैठकमा नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र हितराज पाण्डे, रास्वपाबाट सन्तोष परियार, नेकपा (एकीकृत समाजवादी)बाट राजेन्द्र पाण्डे, आमजनता पार्टीका अध्यक्ष प्रभु साहसहित सहभागी थिए ।

प्रतिनिधिसभा बैठक आज बुधबार दिउँसो १ बजेका लागि बोलाइएको भएपनि बैठक बस्न सकिरहेको छैन । त्यसअघि विपक्षी दलहरूको बैठक बसेको हो ।

गृह मन्त्रालयका सहसचिव तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराईलाई अख्तियारले पक्राउ गरेपछि भिजिट भिसाको आवरणमा भइरहेको संगठित ‘असुली’ सार्वजनिक भएको थियो । उक्त प्रकरणमा गृहमन्त्री लेखक संलग्न रहेको आरोप लगाउँदै राजीनामा गर्नुपर्ने माग राखेर विपक्षी दलहरूले जेठ १३ देखि संसद् अवरुद्ध गर्दै आएका छन् । संसद्को निरन्तर अवरोधले बजेटमाथिको छलफल प्रभावित भएको छ ।

 

 

Previous Post

प्रधानमन्त्रीविरुद्धको मुद्दामा असार ८ गते सुनुवाइको मिति तोक्दै अग्राधिकार प्रदान

Next Post

भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ

भिजिट भिसा प्रकरणलाई लिएर भइरहेको संसद् अवरोध छिट्टै हट्छ : सरकारका प्रवक्ता गुरुङ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l