Sunday, November 22, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE

नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे ‘डेब्यु’

राष्ट्र आवाज by राष्ट्र आवाज
२७ जेष्ठ, मंगलवार
नेदरल्यान्ड्ससँगकाे खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै, नन्दन यादवकाे ‘डेब्यु’
0
SHARES
0
VIEWS

वीरगंज – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्ससँगकाे खेलमा नेपालले टस हारेकाे छ । स्कटल्यान्डकाे फोर्थहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले टस जितेर बलिङ राेजेपछि नेपालले ब्याटिङकाे निम्ताे पाएकाे छ ।

आजकाे खेलमा नेपालबाट नन्दन यादवले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका छन् । नन्दन नेपालका लागि एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने ४२औं खेलाडी हुन् । नन्दनले गएकाे महिना टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । यस्तै चाेटका कारण आजकाे खेलमा नेपालका अलराउन्डर गुल्सन झा र साेमपाल कामी प्लेइङ–११ मा छैनन् ।

लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा घरेलु टाेली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सहभागी छन् । लिग–२ को आफ्नो चौथो चरणको शृङ्खलामा नेपालले आज चाैथाे तथा अन्तिम खेल खेल्न लागेको हो । नेपालले पहिलाे खेलमा स्कटल्यान्डलाई १ विकेटले हराएकाे थियाे । दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हराएकाे थियाे । तेस्राे खेलमा भने नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएकाे थियाे ।

लिग–२ काे तालिकामा नेपाल १५ खेलमा १० अङ्कसहित साताैं स्थानमा छ । यस्तै नेदरल्यान्ड्स दाेस्राे र स्कटल्यान्ड तेस्राे स्थानमा छ । लिग–२ काे तालिकामा अमेरिका शीर्ष स्थानमा छ ।

लिग–२ को शीर्ष ४ मा रहने टोली विश्वकपको ग्लोबल छनोटमा सीधै पुग्नेछन् । यस्तै पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने हुन्छ ।

Previous Post

आज दुईवटा संसदीय समितिको बैठक बस्ने

Next Post

काठमाडौंको टोखामा गोली चल्यो, दुई प्रहरी पनि घाइते

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

राष्ट्र आवाजराष्ट्र आवाज