Saturday, October 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

छोरी को पहिलो जन्मदिवसमा सराफ परिवार द्वारा नारायणी अस्पतालको साप्ताहिक निशुल्क भोजन कार्यक्रममा सहयोग र प्रत्यक्ष सेवा ।

राष्ट्र आवाज by राष्ट्र आवाज
October 3, 2026
in समाचार
0
छोरी को पहिलो जन्मदिवसमा सराफ परिवार द्वारा नारायणी अस्पतालको साप्ताहिक निशुल्क भोजन कार्यक्रममा सहयोग र प्रत्यक्ष सेवा ।
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह असोज १७ वीरगन्ज ।
छोरिको पहिलो जन्मदिवसको अवसर पारेर बिरगंजका समाजसेवी मुन्ना सराफको परिवार द्वारा आज नारायणी अस्पतालमा संचालित साप्ताहिक निशुल्क भोजन कार्यक्रम आयोजना गर्दै आएको बिरगंज समाज सेवा लाई सहयोग गर्नु का साथै प्रत्यक्ष सेवा पनि गरेको छ ।
मुन्ना सराफका छोरा राज सराफको छोरी वामिका सराफको पहिलो जन्मदिवसको अवसरमा साप्ताहिक निशुल्क भोजन कार्यक्रमको सम्पुर्ण खर्च सहयोग गरि प्रत्यक्ष सेवा गरेको समाज सेवाका अध्यक्ष गुप्ताले बताउदै छोरिको जन्मदिनको बधाई शुभकामना आशिर्वाद दिदै मानवताप्रेमी सराफ परिवार प्रती आभार ब्यक्त गरेका थिए । अध्यक्ष गुप्ताले वीरगन्ज को नारायणी अस्पताल प्राङ्गणमा बिगत ३ वर्ष देखि प्रत्येक शनिबार बिहान ९.३० बजे देखि निशुल्क भोजन शिविर आयोजना गरि बिरामी ,कुरुवाहरु को साथै दिनदुखी असहाय एवं बटुवा यात्रीहरुको सेवा गर्दै आएको बताउदै यो सामुहिक सेवाको कार्य भएकोले सम्पुर्णलाई हातेमालो गर्न आग्रह गर्दै सहयोगी दाताहरु, सेवकहरु प्रती हार्दिक आभार जताएका थिए ।
समाजले सो निशुल्क भोजन सेवा निरन्तर ३ वर्षको ६ ठो महिना असोजको ३ स्रो सप्ताहमा पनि सभ्य एवं भव्य रुपले सम्पन्न गरेको हो । नियमित रुपले सञ्चालन हुँदै आएको निशुल्क भोजन सेवा कार्यक्रमले अस्पतालमा उपचाररत बिरामीहरु, कुरुवाहरु, असहायहरु को साथै रिक्सा,ईरिक्सा चालकहरु , यात्री ,बटुवाहरु लाई घरमा बनाएको जस्तो सफा सुग्घर, सुद्ध एवं गुणस्तरीय पोषिलो भोजन खुवाउदै आएको हो ।
सो अवसरमा आयोजक वीरगन्ज समाज सेवाका सचिव प्रकाश वाहेतीले ” सेवा नै धर्म हो ” को मुलमन्त्र लाई आत्मसात गरि कोहि पनि भोकोनरोस भनी ३ वर्ष अगाडि माइस्थान मन्दिर प्राङ्गणमा केही साथिहरु मिलेर सेवा अभियान शुरु गरेको स्मरण गर्दै आजको निशुल्क भोजन कार्यक्रम बिरगंजका समाजसेवी मुन्ना सराफ परिवारले छोरी को जन्मदिनको अवसर पारेर करिब ४५० जना को भोजनको खाधान्न सामाग्री लगायत सम्पुर्ण खर्च ब्योहोरेर सहयोग गर्दै प्रत्यक्ष सेवा गर्नु भएकोमा उहाहरु प्रति हार्दिक आभार ब्यक्त गर्नु भयो ।

सो अवसरमा मानवताप्रेमी दाता परिवारका समाजसेवी राज सराफले नारायणी अस्पताल जस्तो अधिकान्श टाढा टाढा गाउका बिपन्नहरु स्वास्थ्य उपचारको लागि आउने स्थलमा घर जस्तो स्वादिलो पोषणयुक्त भोजन निशुल्क खुवाएर सेवा गरेको देखेर नै आफुहरुले छोरी को जन्मदिनमा यहाँ आएर प्रत्येक्ष रुपमा सेवा सहयोग गरेको र खाना खाएर उहाहरुको अनुहारमा आएको खुशी देखेर हामिलाई निकै खुशी लागिरहेको बताउदै यहि सेवा नै धर्म हो जसले सम्माजमा आपसी एकता मानवता बलियो बनाउने गर्दछ भन्दै समाज परिवारको मुरि मुरि प्रसंशा गर्दै आगामी दिनमा पनि सक्दो हातेमालो गर्ने बताउनु भयो ।
बिरगंज समाज सेवाका अध्यक्ष अशोक गुप्ताको अध्यक्षतामा सप्पन्न निशुल्क भोजन कार्यक्रममा दाता सराफ परिवारजन , बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मी लालबाबु सिंह ,समाजका सचिव प्रकाश वाहेती ,सदस्य निशान्त लाठ,कल्पना किङरिङ, मुकेश अग्रवाल,रामबाबु गुप्ता, बजरङ अग्रवाल,शंकर राइ,सांचे मगर लगायतले सेवा प्रदान गरेका थिए ।

आजको भोजनमा समाजका सेवकहरुले शुद्ध शाकाहारी खानाका रूपमा स्वादिलो भात, दाल, आलु चना सोयाबिनको मिक्स तरकारी , हरियो भुटेको खुर्सानीको अचार लगायतको भोजन वृद्ध , महिला, बच्चाहरु लाइ बोलाइ बोलाइ थपी थपी खुवाएर सेवा प्रदान गरेका थिए ।

Previous Post

लायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’ को एरिया ३ को मेगा इन्स्टलेसन एण्ड इन्डक्सन कार्यक्रम वीरगन्जमा सम्पन्न ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l