Friday, October 2, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

लायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’ को एरिया ३ को मेगा इन्स्टलेसन एण्ड इन्डक्सन कार्यक्रम वीरगन्जमा सम्पन्न ।

राष्ट्र आवाज by राष्ट्र आवाज
October 2, 2026
in समाचार
0
लायन्स डिष्ट्रिक्ट ३२५ ‘एस’ को एरिया ३ को मेगा इन्स्टलेसन एण्ड इन्डक्सन कार्यक्रम वीरगन्जमा सम्पन्न ।
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

 

लालबाबु सिंह वीरगन्ज, १६ असोज ।
लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ ‘एस’ अन्तर्गत लायन वर्ष २०२६/२७ को एरिया ३ मेगा क्लब इन्स्टलेसन एण्ड इन्डक्सन कार्यक्रम वीरगन्जको होटल पुजनमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर रामबिहारी पाण्डेय एवं विशिष्ट अतिथिहरुले दिप प्रज्वलन गर्दै लायन्सका संस्थापक मेल्भिन जोन्स र नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री बि.पी. कोइरालाको तस्बिरमा माल्यार्पण गरी गर्नुभएको थियो।

कार्यक्रमको अध्यक्षता LCB आदर्शनगर वर्ष २५/२६ का अध्यक्ष लायन सुरेश रुङ्गटाले गर्नुभएको थियो भने प्रमुख अतिथिको रुपमा डिष्ट्रिक्ट गभर्नर लायन रामबिहारी पाण्डेय रहनुभएको थियो।

कार्यक्रमका विशिष्ट अतिथिहरुमा फर्स्ट भीडीजी लायन अंकिता सुमार्गी, पिडीजी लायन डी.एन. अग्रवाल, लायन राजकुमार सिंघी, लायन आर.पी. खेतान, डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी लायन बसु तिमल्सिना, ट्रेजरर लायन रामेश्वर प्रसाद गुप्ता, एडभाइजर लायन जे.पी. यादव, डिष्ट्रिक्ट एक्जुकेटिभ चिफ (GMT) लायन प्रकाश बाहेती, (GST) लायन उमेश शर्मा, क्याबिनेट डेपुटी सेक्रेटरीहरु लायन विजय गुप्ता, श्याम प्रसाद र लायन अशोक बेरिवालको उपस्थिति थियो।

यसैगरी डिष्ट्रिक्ट एक्जुकेटिभ को-चिफ, पिआरओ इन चिफ लायन विजय कुशवाहा, एरिया चिफ कोअर्डिनेटर लायन सुनिल कुमार गुप्ता, एरिया ट्रेजरर लायन कपिलदेव तिवारी, लायन्स क्लब लाइफ लाइनका संस्थापक अध्यक्ष डा. मनोज उपाध्याय, वीरगन्ज गेटवेका अध्यक्ष लायन प्रकाश उपाध्याय, सम्पूर्ण रिजन चियरपर्सन, जोन चियरपर्सन, डिष्ट्रिक्ट प्रोग्राम चियरपर्सन, डिष्ट्रिक्ट कमिटी चियरपर्सन, प्रोग्राम मेम्बर, सम्पूर्ण क्लबका प्रेसिडेन्ट, सेक्रेटरी, ट्रेजरर, लायन मेम्बर तथा लियो मेम्बरहरुको सहभागिता रहेको लायन लालबाबु सिंहले बताउनुभयो।

कार्यक्रममा प्रमुख अतिथि पाण्डेयद्वारा नव निर्वाचित क्लबका अध्यक्ष, पदाधिकारीहरुलाई पदस्थापन तथा नयाँ लायन सदस्यहरुलाई शपथ ग्रहण गराउँदै क्लब पिन प्रदान गरी दीक्षान्त (Induction) गरिएको थियो।

एरिया चिफ लायन सलमा खातुनले सहजीकरण गर्नुभएको कार्यक्रममा क्लबका विभिन्न विधामा विभिन्न व्यक्तित्वहरुलाई पुरस्कृत गरी सम्मान गरिएको थियो।

Previous Post

सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीच छलफल

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l