Wednesday, September 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीच छलफल

राष्ट्र आवाज by राष्ट्र आवाज
September 30, 2026
in समाचार
0
सहकारी क्षेत्रका समस्या समाधानका लागि सरोकारवालाबीच छलफल
5
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

अनुप यादब – १३ असोज,वीरगञ्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आयोजनामा सहकारी क्षेत्रमा देखिएका विभिन्न समस्या तथा ऐन, नियमावली, नीति र नियमका विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ।

संघका अध्यक्ष हरेराम प्रसादको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत प्रदेश सहकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार रुपेश साह प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा सोही कार्यालयका रामनारायण यादव र बासुदेव भट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा जिल्ला बचत संघका वरिष्ठ उपाध्यक्ष जिष्णु बराल, उपाध्यक्ष नंगनारायण सिंह, सचिव नरेश कुमार चौरसिया, सदस्यहरू मनु पटेल, धर्मनाथ कुश्वाहा र हृदयनारायण साहलगायत विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

त्यसैगरी सुनौले साकोसका अध्यक्ष सुरेश महतो कोईरी, सनराइज नेपाल साकोसका अध्यक्ष दिपक राज भण्डारी, गंगन साकोसका अध्यक्ष राजेश राय यादव, महालक्ष्मी साकोसका प्रबन्धक जितेन्द्र बर्मा र श्री गणेश साकोसका प्रबन्धक कलिमुल्लाह अंसारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहकारी क्षेत्रमा देखिएका समस्या, त्यसको समाधानका उपाय तथा सम्बन्धित मन्त्रालय र नियामक निकायसँग आवश्यक समन्वय तथा पहल गर्ने विषयमा छलफल गरिएको थियो। सहभागीहरूले सहकारी संस्थाका व्यावहारिक समस्या, कानुनी तथा नीतिगत विषय र संस्थागत सुधारका विषयमा आफ्ना धारणा राखेका थिए।

छलफलपछि सहकारी क्षेत्रका समस्या समाधानका लागि प्रदेश सहकारी रजिष्ट्रार कार्यालयबाट आवश्यक समन्वय तथा पहल गर्ने प्रतिबद्धता व्यक्त गरिएको आयोजकले जनाएको छ।

कार्यक्रमको सञ्चालन जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साका सचिव नरेश कुमार चौरसियाले गरेका थिए। सहकारी क्षेत्रका समसामयिक विषयमा सरोकारवालाबीच प्रत्यक्ष छलफल र समन्वयलाई निरन्तरता दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।

Previous Post

बिन्दवासिनी गापा मा महिला नेतृत्व र जातीय विभेदबारे समुदाय स्तरीय संवाद कार्यक्रम को आयोजना, नेपाल दलित महिला संघ द्वारा ३७ जनालाइ प्रशिक्षण ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l