Saturday, September 26, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण

राष्ट्र आवाज by राष्ट्र आवाज
September 26, 2026
in समाचार
0
वीरगंज युवा समाजद्वारा भोटेकोशी बाढी पीडित परिवारलाई घरदैलोमै पुगेर राहत वितरण
2
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

 

लालबाबु सिंह वीरगंज, १० असोज ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बेपत्ता भएका चालक सागर कर्णको पीडित परिवारलाई वीरगंज युवा समाजले घरमै पुगेर राहत सामग्री तथा नगद सहयोग हस्तान्तरण गरेको छ।

वीरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी (कोहरी), पर्सा निवासी सागर कर्ण परिवारका मुख्य कमाउने व्यक्ति थिए। उनी सवारी चालकका रूपमा कार्यरत रहेकै बेला भोटेकोशीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका हुन्। परिवारको एकमात्र आर्थिक आधार गुमेपछि दुई साना बालकहरु, वृद्ध आमाबाबु र श्रीमती सरिता कर्णलाई अहिले हातमुख जोड्नै धौ-धौ परिरहेको छ।

अधिकांश राहत सामग्रीहरू बाढी प्रभावित क्षेत्रमै केन्द्रित भइरहेका बेला, यता पर्सामा भोकभोकै बस्नुपर्ने अवस्थामा पुगेको यो पीडित परिवारको मर्मलाई बुझेर वीरगंज युवा समाजको टोली उनीहरूकै घरमा पुगेको हो। समाजले बेपत्ता कर्णकी श्रीमती सरिता कर्णलाई खाद्यान्न, तरकारी, सरसफाइका सामग्री (साबुन, सर्फ) तथा नगद रु. ५१,००/- (पांच हजार एक सय) राहत स्वरूप हस्तान्तरण गरेको छ।

राहत वितरण कार्यक्रममा वीरगंज युवा समाजका अध्यक्ष संजीव थापाले आफ्ना विचार व्यक्त गर्दै भने, “प्राकृतिक विपत्तिको कुनै सीमा हुँदैन। रसुवाको भोटेकोशीमा घटेको दुःखद घटनाले यता वीरगंजका हाम्रै छिमेकीको चुलो निभ्ने अवस्थामा पुग्नु अत्यन्तै हृदयविदारक छ। अधिकांश राहत प्रभावित क्षेत्रमै थुप्रिँदा यस्ता वास्तविक र टाढा रहेका पीडित परिवार छुट्ने जोखिम हुन्छ। त्यसैले दुःखको यो घडीमा थोरै भए पनि मलम लगाउन र परिवारको चुलो बलोस् भन्ने उद्देश्यले हामी उहाँहरूकै ढोकामा आइपुगेका हौं। सामाजिक उत्तरदायित्व वहन गर्दै समाजले आगामी दिनमा पनि यस्ता विपद्मा परेका नागरिकहरूलाई सक्दो सहयोग जारी राख्नेछ।”
कार्यक्रमका संयोजक मनोज गुप्ताले विपद्को यस घडीमा स्वतःस्फूर्त रूपमा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै भविष्यमा पनि यस्तै साथ र सहयोगको अपेक्षा व्यक्त गरे।

सो अवसरमा बेपत्ता कर्णका बुवाले परिवारमाथी आइपरेको अकल्पनीय दुखपिडाको समय्क्मक बिरगंज युवा समाज हाम्रो घर सम्म आएर सहयोग को साथ हाम्रो ठूलो घाउमा मलहम लगाएका छन साथै जिवनमा हरेश नखाइ हौसला बढाउनुभएकोमा यो ठूलो कुरो हो ठूलो सहयोग हो भन्दै हार्दिक आभार ब्यक्त गरेका थिए ।

युवा समाजको यो सामयिक सहयोगले संकटमा परेको कर्ण परिवारलाई ठूलो राहत मिलेको छ भने स्थानीयस्तरमा समाजको यो कार्यको उच्च प्रशंसा गरेका छन।
हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगंज कपड़ा बैंकका अध्यक्ष लाल बाबु सिंह, संस्थाका सचिव बिनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सदस्यहरु सुशील सिंह, सुमन पौडेल, राज भण्डारी, पुष्पराज कोईराला, बिपिन भण्डारी, काजल कोईराला, मंजु भण्डारी, रोजी प्रधान र संचारकर्मी आकाश पटेलको उपस्थिति रहेको थियो ।

Previous Post

जन्मदिनमा रास्वपाका युवा नेता द्विवेदीद्वारा मानवसेवा आश्रममा खाद्यान्न सहयोग

Next Post

सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम

सडक बनेको केही वर्षमै जीर्ण, बहुअरीमा दिनहुँ दुर्घटनाको जोखिम

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l