Monday, September 21, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

तेरापन्थ युवक परिषद बिरगंजको सप्ताहव्यापी वृहत् रक्तदान महाशृङ्खलाको निरन्तरता , राउन्ड टेबलको सहकार्यमा ८ महिला सहित ६६ जनाले गरे रक्तदान ।

राष्ट्र आवाज by राष्ट्र आवाज
September 21, 2026
in समाचार
0
तेरापन्थ युवक परिषद बिरगंजको सप्ताहव्यापी वृहत् रक्तदान महाशृङ्खलाको निरन्तरता , राउन्ड टेबलको सहकार्यमा ८ महिला सहित ६६ जनाले गरे रक्तदान ।
1
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह ५ असोज वीरगन्ज ।
तेरापंथ युवक परिषद वीरगन्जको सप्ताहिक वृहत् रक्तदान कार्यक्रम अन्तर्गत आदर्शनगरस्थित स्काई मल वीरगन्जमा राउन्ड टेबल BRT 3 को सहकार्यमा आयोजना भएको रक्तदान कार्यक्रममा ८ महिला सहित ६६ जना ले रक्तदान गरेका छन । रक्तदान गर्नेमा अदिती अग्रवाल,सन्ध्या चौधरी,कविता केडिया ,श्रेया चाचान ,खुशी शर्मा,दिपान्जली बरनवाल,मृदुला चाचान, सीता शर्मा ,मेराज आलम,अनमोल साह ,बिपिन ठाकुर ,मोहम्मद बेलाल ,कृष्ण पासवान,जोशन श्रेष्ठ ,रोबिन बिक लगायतले आआफ्नो अमुल्य रगत दान गरि मानवता बलियो बनाएका थिए ।

तेरापन्थ युवक परिषद बिरगंजका अध्यक्ष सुनिल दुगड र राउन्ड टेबल BRT3 का अध्यक्ष अनुज क्यालको सन्युक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह ,संचारकर्मी जाकिर हुसेन,आकाश पटेल, परिषद का सौरभ भुटोरिया – रक्तदान सयोजक, आशीष चोरड़िया- रक्तदान ऑन कॉल, पंकज बैद, अनिल बैद , राउन्ड टेबल सचिव अमन मित्तल,दिपक बैद,पीयूष चाचान,अनमोल छपरिया लगायत स्काईमलका सहयोगीहरुको सहभागिता रहेको थियो ।

सो अवसरमा सामाजिक अभियन्ता सिंहले वीरगन्ज आसपास रगतको कमि भएको खबर सुनेर गत वर्ष झै तेरापन्थ युवक परिषद बिरगंजले विभिन्न संघसंस्था संग हातेमालो गरि सप्ताहव्यापि वृहत् रक्तदान कार्यक्रमको आयोजना गरिरहेको छ जुन निकै सराहनिय सुकार्य हो र आज पनि रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफूलाइ निकै खुशी एवं गर्व लागेको बताउदै सम्पुर्ण रक्तदाताहरु एवं आयोजक परिवारहरु प्रति हार्दिक आभार प्रकट गरेका थिए ।

तेरापन्थ युवक परिषद वीरगन्जले शुक्रबार ब्योधा हस्पिटल बिरगंजमा रक्तदान कार्यक्रमको आयोजना गरि सप्ताहब्यापी बृहत् रक्तदान शृङ्खला शुभारम्भ गरेको र सो हि अन्तर्गत आज राउण्ड टेबल बिरगंजको सहकार्यमा स्काई मल बिरगंजमा बिहान ९ बजे देखि रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको हो साथै भोलि मंगलबार किरण आँखा अस्पताल बिरगंजको सहयोगमा अस्पताल परिसरमा रक्तदान कार्यक्रमको आयोजना गरिने लगायतका आगामी कार्यक्रममा बढी भन्दा बढी पिन्ट रगत संकलन गर्ने उद्देश्य सहित यो क्रममा सबैको सहयोगमा विभिन्न कलकारखाना , अस्पताल , क्लिनिक, संघसंगठन, विधालय लगायतको स्थानहरुमा निरन्तर आयोजना गरिने जसबाट रक्तसञ्चार वीरगन्ज केन्द्रमा भएको रगतको अभाव केही हद सम्म पूरा गर्ने योजना बनाएको अध्यक्ष दुगडले बताउदै सम्पुर्ण रक्तदाताहरुको मुक्त कण्ठले प्रसंशा गर्दै सहयोगी आयोजक परिवारहरु, सहयोगीहातहरु ,परिषदका सम्पुर्ण पदाधिकारी सदस्यहरु प्रति आभार ब्यक्त गर्दै आगामी रक्तदान कार्यक्रममा पनि हातेमालो गरि दिन हुन सम्पुर्णमा आग्रह गरेका थिए ।
रक्तसञ्चार केन्द्र वीरगन्जका प्राबिधिक श्रीराम ठाकुरको नेतृत्वमा रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए ।

Previous Post

जनकपुरधामका १५ पोखरी अतिक्रमण हटाउन आजदेखि डोजर चलाइँदै

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l