Monday, August 24, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

बिरगंज कपडा बैंक द्वारा स्थापना दिवसको अवसरमा दोश्रो दिन सुप्रसिद्ध भाथा धाममा निशुल्क भोजन कार्यक्रमको आयोजना सुसम्पन्न ।

राष्ट्र आवाज by राष्ट्र आवाज
August 24, 2026
in समाचार
0
बिरगंज कपडा बैंक द्वारा स्थापना दिवसको अवसरमा दोश्रो दिन सुप्रसिद्ध भाथा धाममा निशुल्क भोजन कार्यक्रमको आयोजना सुसम्पन्न ।
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह ८ भाद्र बिरगंज ।बिरगंज कपडा बैंकले स्थापना दिवसको अवसरमा लगातार दोश्रो दिन पर्साका चर्चित एवं लोकप्रीय जनप्रीय बरिष्ठ समाजसेवी स्व. गोकुल प्रसाद कुर्मी को सम्झना मा उहाको सुपुत्र बिरगंज कपडा बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मीको पुर्ण सहयोगमा पर्साको पटेर्वा सुगौली १ मा पर्सा वन्यजन्तु आरक्षस्थित श्री दुधेश्वरनाथ महादेव भाथा धाम मेलामा ” निशुल्क भोजन कार्यक्रम ” सम्पन्न गरेको छ । भाद्र ७ गते स्थापना भएको बिरगंज कपडा बैंक ८ औ वर्ष प्रवेश गरेको अवसरमा आइतबार बिरगंजको घण्टाघरस्थित स्व. रामजन्म तिवारीको सालिक प्राङ्गणमा निशुल्क कपडा वितरण एवं दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको र आज सावनको अन्तिम सोमबार निशुल्क भोजन कार्यक्रममा भाथा मेलामा आएका श्रद्धालु भक्तजनहरुलाई दाल भात, परवलको तरकारी ,मटर चनाको भुजियाहरु करिब ७ सय जनालाइ खुवाएर सेवा गरिएको कोषाध्यक्ष मनोज मिश्राले बताए ।
बिरगंज कपडा बैंकका अध्यक्ष लालबाबु सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सेवकहरु सल्लाहकारहरु वरिष्ठ समाजसेवी श्रवण बहादुर रायमाझी , मन्दिर निर्माण समितीका अध्यक्ष अलखदेव चौधरी , मेला स्वास्थ्य उपचार केन्द्र प्रमुख भागवत चौधरी , बैंकका कोषाध्यक्ष मनोज मिश्रा,सदस्य सन्चारकर्मी आकाश पटेल लगायतको बाक्लो सहभागिता रहेको थियो।
सो अवसरमा बिरगंज कपडा बैंकका संरक्षक समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले आफ्नो शुभकामना सन्देशमा ” कोहि नाङ्गो नरहोस भनी बिरगंज कपडा बैंकको २०७६ भाद्र ७ गते स्थापना गरि निशुल्क कपडा को साथै कोरोना काल र आगलागी बाढी जस्ता विभिन्न दैवीप्रकोपबाट पिडितहरुलाइ खाद्यान्न लगायत विभिन्न सामाग्री उपलब्ध गराई सेवा गर्दै आएको बताउदै सो हि क्रम लाई निरन्तरता दिदै हाम्रो परिवारले स्व. बुवाको स्मृतिमा भोजन सेवा गर्ने भने पछि भाथामेलामा आउने भक्तजनहरु लाई सेवा गर्न खाद्यान्न सामाग्रीहरु हिजो आइतबार पुर्याएको र आज हाम्रो टिमले अध्यक्षको नेतृत्वमा हाम्रो टिमले निशुल्क भोजन सेवा कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेकोमा उहाहरु र मन्दिर निर्माण समितिका अध्यक्ष एवं सम्पुर्ण परिवारलाइ धन्यवाद दिदै तपाईहरु पनि जहाँ हुनुहुन्छ त्यहा जति हुन्छ आपसी हातेमालो गरि मानव सेवा गरौ र मानवतालाइ बलियो बनाऔ ” भनी आग्रह गरे ।
सो अवसरमा सेवा गर्दै बैंकका अध्यक्ष सिंहले दिन दुखी असहायको सेवा सहयोग नै हामी मानवको सबै भन्दा ठूलो धर्म भएकोले बैंकका संरक्षक अधिवक्ता कुर्मिले आफ्नो बुवाको स्मृतिमा घर जस्तो सफा स्वच्छ , पोषिलो, गुणस्तरीय भोजन खुवाएर सेवा गर्न अवसर निकै सराहनीय रहेको छ र यो अवसर जुराइदिएकोमा आफुहरु निकै खुशिको साथ बिरगंज देखि यहाँ आएर भोजमा खुवाएको जस्तो बसाएर सोधी सोधी थपेर भोजन खुवाएर सेवा गरेको बताउदै यस्तो सुकार्य सधै र हरेक गाउँ ,टोल शहरहरुको सार्वजनिक भेला, मेलाहरुमा निरन्तरता दिनु पर्छ मानवता बलियो बनाउनु पर्छ आग्रह पनि गर्नु भयो ।
बैंकका सल्लाहकार रायमाझिले वरिष्ठ समाजसेवी स्व. कुर्मिको स्मृतिमा र उहाको परिवारको पुर्ण सहयोगमा निशुल्क कपडा वितरणको साथै आज निशुल्क भोजन कार्यक्रम आयोजना गरि सेवा गरिएको बताउदै यो निशुल्क भोजन शिविर कार्यक्रम बैंकका संरक्षक अधिवक्ता सुरेन्द्र कुर्मिका स्व. बुवाको स्मृतिमा आयोजना गरिएको र दाताहरुको चाहना , साथ, सहयोगले दिन दुखी असहायको सेवा सहयोग गर्न बैंक परिवार सदैव तैयार रहेको आग्रह गरेका थिए ।
सेवामा सहभागी सेवकहरुको सेवा देखेर निशुल्क भोजन कार्यक्रममा सबैले सेवकहरुको साथै बिरगंज कपडा बैंकका संरक्षक अधिवक्ता कुर्मी परिवार एवं बैंक परिवारको मुरि मुरि प्रसंशा गरेका थिए ।

Previous Post

नेत्रहीन क्रिकेट संघ मधेश प्रदेशको ५औं वार्षिक साधारण सभा र दोस्रो महाधिवेशणबाट पुन महेश साह कानु अध्यक्षमा सर्वसम्मत ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l