लालबाबु सिंह १२ श्रावण वीरगन्ज ।
नेत्रहीन क्रिकेट संघ, मधेश प्रदेशको ५औं वार्षिक साधारण सभा र दोस्रो महाधिवेशन वीरगन्ज ९ स्थित होटेल गेटवेमा आयोजना सम्पन्न गरेको छ। सो अधिवेशनले महेश साह कानुको अध्यक्षतामा ९ सदस्यिय नया कार्यसमिति चयन गरेको छ ।
सो अधिवेशनले नया कार्यसमितिमा उपाध्यक्ष बिभा कुमारी मण्डल, महासचिवमा छोटी शेर्पा , कोषाध्यक्ष पृथ्वी तामाङ ,सद्स्यहरु संगीता कुवर,आदित कुमार चौधरी,कबिता चौधरी, कबिता चौधरी र रन्जित कुमार लगायतको चयन सर्वसम्मत चयन गरेको हो ।नया कार्यसमितिका पदाधिकारी सदस्यहरुलाइ प्रमुख निर्वाचन अधिकारी पत्रकार युवराज खडका ,मार्टिन मोक्तान,लालबाबु सिंहले खादा लगाई बधाइ दिएका थिए ।
भोलिको कार्यक्रम अन्तर्गत प्रभातफेरी र्याली भने बुधबार बिहान निकालिने उदित कुमार साहले जानकारी दिएका छन ।
“नगुमोस् है कतै हाम्रो पहिचान, समावेशी, समानता एवम् समतामूलक समाजको निर्माण” र “दबिएको आवाज बुलन्द होस्, अपाङ्गता अधिकार हनन नहोस्” भन्ने नारा को साथ साथै “स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने सन्देश दिदै यो अधिवेशन सम्पन्न गरेको हो ।
मधेश प्रदेश नेत्रहीन क्रीकेट संघका अध्यक्ष महेश साह कानुको अध्यक्षता एवं पर्साका सहायक जिल्ला अधिकारी कृष्ण चापागाईको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनको खुल्ला सत्रका बिशिस्ट अतिथीहरु नेपाल पत्रकार महासंघ पर्साका पुर्व उपाध्यक्ष युवराज खडका , पर्सा जिल्ला खेलकुद विकास समिति अध्यक्ष दिपक साह, शिक्षाविद मार्टिन मोक्तान ,बिरगंज कपडा बैंकका अध्यक्ष सन्चारकर्मि लालबाबु सिंह , खेलकुद पत्रकार मंच पर्साका अध्यक्ष तिवारी यादव,फोर जि संस्थाका अध्यक्ष नुतन पोद्दार ,अफसाना खातुन,सिद्धार्थ बैंक बिरगंजका श्वेता मानन्धर , सन्चारकर्मी राज सराफ, जाकिर हुसेन, सन्तोष कुश्वाहा लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख अतिथी सहायक जिल्ला अधिकारी चापागाईंले नेत्रहिन भाइबहिनीहरु को सामिप्यमा आउदा उहाहरुको अनुशासन आटिलोपना लाई नजिक बाट नियाल्ने सौभाग्य पाउने भएको बताउदै उहाहरुले आआफ्नो पौरखले क्रीकेट खेलको माध्यमले खेल र देशको सेवा गर्दै आआफ्नो नाम,परिवारको नाम,समाजको नाम र देशको नाम विश्वमै उज्ज्वल बनाउनु भैरहेकोमा आफू निकै हर्षित भएको बताउदै सम्पुर्णलाई उत्तरोत्तर प्रगतिको शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा अध्यक्ष महेश साह कानुले कार्यक्रममा स्वागत एवं धन्यवाद मन्तव्य ब्यक्त गर्दै बिरगंजका अन्तरास्ट्रिय महिला खेलाडी महिला विश्वकपमा दोस्रो हुन सफल पुगेको बताउदै हामी यस बिच धेरै बाधा अवरोधहरु खेप्दै यहाँ सम्म आइपुगेको यो तपाईं सबै सहयोगी हातहरुको कारण सम्भव भएको बताउदै संविधानमा भएको हक अधिकार हामिहरु लाई उपलब्ध गराएको खण्डमा हामी अझ बढी सबलताको साथ खेल र देशको सेवा गर्न सक्छौ भन्दै आआफ्नो अमुल्य समय निकालेर यहाँ आयेर हामी सबैलाइ हौसला थपिदिनुभएका प्रमुख अतिथी बिशिस्ट अतिथी अतिथि एवं सहभागी सम्पुर्ण प्रति हार्दिक आभार ब्यक्त गरे ।
सो अवसरमा सिद्धार्थ बैंक बिरगंजका श्वेता मानन्धरले अन्तर्राष्ट्रिय महिला क्रीकेट खेलाडी मनकेशी चौधरीलाई खादा ओढाएर सम्मान गर्द्सी नगद ५ हजार सहयोग प्रदान गरेका थिए साथै भोलिको रैली कार्यक्रममा पानी र खाजा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
सन्चारकर्मी जय यादवले सहजिकरण गरेको सो कार्यक्रममा अतिथी वक्ताहरुका अनुसार यस्ता कार्यक्रमले नेत्रहीन खेलाडीहरुको खेल एवं जिवनमा सकारात्मक मनोबल बढाउनुका साथै समाजमा समावेशी वातावरण बनाउन सहयोग पुग्नेछ।
