Sunday, July 12, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

भेट्रान सिटि क्लब बिरगंजले ९ औ साधारणसभा ” आमाको माया छात्रावास” मा सहयोग प्रदान गरि सभ्य रुपले मनायो ।

राष्ट्र आवाज by राष्ट्र आवाज
July 11, 2026
in Uncategorized, समाचार
0
भेट्रान सिटि क्लब बिरगंजले ९ औ साधारणसभा ” आमाको माया छात्रावास” मा सहयोग प्रदान गरि सभ्य रुपले मनायो ।
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

भेट्रान सिटि क्लब बिरगंजले ९ औ साधारणसभा ” आमाको माया छात्रावास” मा सहयोग प्रदान गरि सभ्य रुपले मनायो ।
लालबाबु सिंह २७ असार बिरगंज ।
स्वास्थ्य को लागि खेलकुद , राष्ट्रको लागि खेलकुद को नारा आत्मसात गरेको भेट्रान सिटि क्लब बिरगंजले आफ्नो ९ औ साधारणसभाको अवसरमा ” भविश्यका कर्णधार संगको एक पल ” कार्यक्रमको आयोजना गरि आमाको माया छात्रावासमा विभिन्न सामाग्रीको साथ खाना खुवाएर सभ्य एवं भव्य रुपले मनाएको छ । भेट्रान सिटि क्लब बिरगंजले जनजाती कल्याण आश्रम नेपाल द्वारा संचालित बिरगंजको आमाको माया छात्रावासका बिद्यार्थीहरुलाई विभिन्न सामाग्रीहरु प्रदान गरि मनाएको हो ।
भेट्रान सिटि क्लब बिरगंजका उपाध्यक्ष सागर शम्शेर जबराको अध्यक्षता एवं पर्सा फुटबल क्ल्बका पुर्व अध्यक्ष मनोज भट्टराई को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा अतिथिहरु क्लबका वरिष्ठ उपाध्यक्ष होटल मकालुका संचालक रोशन श्रेष्ठ ,सलिको इन्स्योरेन्स मधेश प्रदेशका प्रमुख निशान्त लामिछाने ,पुर्व राष्ट्रिय खेलाडी शिवशंकर श्रीवास्तव,क्लबका कोषाध्यक्ष सुबोध श्रीवास्तव,आनन्द चौधरी ,दिपेश क्षेत्री लगायत छात्रावासका पदाधिकारी , विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा क्लबले आश्रमका विद्यार्थीहरुलाइ ३० थान ब्याग,फुटबल विश्वकप मा सम्मीलित विभिन्न देशका जर्सी सेट ( टिसर्ट – कट्टु) ३० थान,४ थान फुटबल ,४ कार्टुन रियल,CFL बल्ब र मल्टिपल्ग लगायतको आवश्यक बिधुत सामाग्रीहरु सहयोग प्रदान गर्दै विद्यार्थीहरु लाई भोजन पनि खुवाएका थिए ।
सो अवसरमा अध्यक्षता गरिरहेका जबराले स्वास्थ्य को लागि खेलकुद ,राष्ट्रको लागि खेलकुद को मुलमन्त्र लाई आत्मसात गर्दै हामिले क्लबको सामाजिक दायित्व अन्तर्गत विभिन्न समयमा विभिन्न कार्यक्रमहरुको माध्यमले समाजमा रहेका दिनदुखी असहाय को सेवा सहयोग गर्दै आएको बताउदै साधारणसभा को अवसरमा यहाँ आएर “भविष्य का कर्णधार हरु संग को एक पल ” कार्यक्रम बनाइ सानो भएपनी सेवा सहयोग गर्न पाउँदा उनिहरु संग रमाउन पाउँदा र विद्यार्थीहरुको अनुहारमा खुशी देख्दा आफुहरु निकै खुशी र गौरवान्वित महसुस भएको बताउदै सम्पुर्ण विद्यार्थीहरुको उज्वल भविषयको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए ।
क्लब का सदस्य युवा समाजसेवी सन्तोष खनालले सहजीकरण गरेको सो कार्यक्रममा सहयोग सामाग्रीहरु को साथै अपार स्नेह माया पाएर विद्यार्थीहरु खुशी हुँदै क्लबका सम्पुर्ण परिवारलाइ धन्यवाद प्रकट गरेका थिए ।

Previous Post

जिल्ला खोप समन्वय समिती पर्सा द्वारा जिल्ला पुर्ण खोप सुनिस्चित दिगोपना घोषणा ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l