Friday, July 3, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न सकेन : हर्क साम्पाङ

राष्ट्र आवाज by राष्ट्र आवाज
July 3, 2026
in राजनीति, समाचार
0
सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न सकेन : हर्क साम्पाङ
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

२०८३ असार १९ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले १०० दिनमा नागरिकले महसुस गर्ने गरी काम गर्न नसकेको टिप्पणी गर्नुभएको छ ।

दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गे पुल उद्घाटन गरी आज काठमाण्डौ फर्किएसँगै अध्यक्ष साम्पाङले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारको कामबारे प्रतिक्रिया दिनुभएको हो । महँगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण गर्दै उहाँले सरकारले १०० दिनमा गरेका काम नागरिकले अपेक्षा गरेजस्तो नरहेको बताउनुभयो ।

आफ्नाे पार्टीले महँगी नियन्त्रण गर्नुपर्ने माग उठाउँदै आएको राईको भनाइ छ । उहाँले सरकारले पछिल्लो समय पेट्रोलियम पदार्थको भाउ घटाएको भन्दै यो निर्णयको समर्थन गर्नुभयो ।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकारले १०० दिनमा गरेका काम भोलि सार्वजनिक गर्ने तयारी भइरहेको छ । प्रधानमन्त्री शाहको सचिवालयका अनुसार सरकारले गरेका कामहरूको समीक्षासहित १०० दिनमा भएका उपलब्धिको सूची सार्वजनिक गर्ने तयारी छ ।

वर्तमान सरकार गठन भएको भोलि शनिवार १०० दिन पुग्दैछ । प्रधानमन्त्री शाह नेतृत्वको सरकारले गएको चैत १३ गते शासकीय सुधारका १०० कार्यसूची सार्वजनिक गरेको थियो ।

Previous Post

६ हजार २०० रुपैयाँले बढ्यो सुनको भाउ

Next Post

वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण । 

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण । 

वीरगन्ज कपडा बैंक द्वारा वीरगन्जको घण्टाघरमा नियमित मासिक नि:शुल्क कपडा वितरण । 

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l