Wednesday, July 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पेट्रोल २०, डिजेल ३० र एलपी ग्याँसको मूल्य १०० रुपैयाँ घट्यो

राष्ट्र आवाज by राष्ट्र आवाज
June 30, 2026
in अर्थ, समाचार, समाज, सम–सामयिक, सरोकार, सूचना/प्रविधि
0
पेट्रोलियम पदार्थ आयातबाट ७३ अर्ब रुपैयाँ राजस्व सङ्कलन
1
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको २०८३ असार १६ गतेको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, एलपी ग्यास तथा हवाई इन्धनको नयाँ मूल्य निर्धारण गरिएको हो ।

नयाँ मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँले मूल्य घटाइएको निगमले जनाएको छ । त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ४० रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धन (काठमाडौंका लागि) प्रति किलोलिटर २६५ अमेरिकी डलरले घटाइएको छ ।

निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावट तथा इन्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यका आधारमा मूल्य समायोजन गरिएको हो । नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १५ रुपैयाँ ९ पैसा, डिजेलमा २९ रुपैयाँ ४६ पैसा, हवाई इन्धनमा २९ रुपैयाँ ४२ पैसा तथा एलपी ग्यासको खरिद मूल्यसमेत घटेर आएको छ ।

नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १९४ रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ ५० पैसा कायम गरिएको छ ।

Tags: अर्थतन्त्रइन्डियन आयल कर्पोरेशनइन्धन मूल्यउपभोक्ताएलपी ग्यासडिजेल मूल्यनेपालनेपाल आयल निगमपेट्रोल मूल्यपेट्रोलियम पदार्थपेट्रोलियम बजारमट्टितेलमूल्य समायोजनहवाई इन्धन
Previous Post

राष्ट्र बैंकद्वारा ३५ अर्ब रुपैयाँको ऋणपत्रका लागि बोलकबोल आह्वान

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l