Wednesday, July 1, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

स्थानीय तहका समस्या समाधानबारे मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल

राष्ट्र आवाज by राष्ट्र आवाज
June 30, 2026
in राजनीति, समाचार
0
स्थानीय तहका समस्या समाधानबारे मन्त्री रावल र मधेशका मुख्यमन्त्री यादवबीच छलफल
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला एवं सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले स्थानीय तहको बजेट तर्जुमा प्रक्रियालाई प्रभावकारी, व्यवस्थित र परिणाममुखी बनाउन मन्त्रालयले तीन जना सहसचिवको नेतृत्वमा टोली परिचालन गरी स्थलगत सहजीकरण तथा समन्वय गरेको जानकारी दिएकी छन् ।

मन्त्री रावलका अनुसार उक्त टोलीले विभिन्न स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सम्बन्धित पदाधिकारीसँग छलफल गरी स्थानीय तहमा देखिएका समस्या, आवश्यकता र चुनौतीबारे स्थलगत विवरण संकलन गरेको छ । उनले स्थानीय तहका समस्या समाधानका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्दै मन्त्रालयले स्थानीय सरकारलाई थप व्यवस्थित, प्रभावकारी र नागरिकमुखी बनाउन आवश्यक पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन् ।

यसैबीच, स्थानीय तहमा देखिएका समस्या समाधान तथा संघ–प्रदेश–स्थानीय तहबीचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा मन्त्री रावल र मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवबीच छलफल भएको छ । मन्त्री रावलको सचिवालयका अनुसार भेटका क्रममा स्थानीय तहमा कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको थियो ।

छलफलका क्रममा मुख्यमन्त्री यादवले स्थानीय तहमा देखिएका समस्याबारे आफू जानकार रहेको उल्लेख गर्दै ती समस्या समाधानका लागि प्रदेश सरकारका तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Tags: कर्मचारी व्यवस्थापनकृष्णप्रसाद यादवदरबन्दी मिलाननेपाल सरकारप्रतिभा रावलबजेट तर्जुमाभूमि व्यवस्था मन्त्रालयमधेश प्रदेशसंघ–प्रदेश समन्वयसङ्घीय मामिलासहसचिव टोलीसामान्य प्रशासनस्थानीय तहस्थानीय सरकार
Previous Post

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षकाे शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन

Next Post

अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्नेमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरु

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्नेमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरु

अस्वच्छ र गुणस्तरहीन खाद्य पदार्थ बिक्री गर्नेमाथि कडा कारबाही हुन्छ : गृहमन्त्री गुरु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l