Sunday, June 7, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

परीक्षामा जफत गरिएका ४९६ मोबाइल सिरहामा पानीमा डुबाएर नष्ट

माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीहरूबाट जफत गरिएका मोबाइल पानीमा डुबाएर नष्ट

राष्ट्र आवाज by राष्ट्र आवाज
June 6, 2026
in सूचना/प्रविधि
0
परीक्षामा जफत गरिएका ४९६ मोबाइल सिरहामा पानीमा डुबाएर नष्ट
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सिरहा जिल्लामा सम्पन्न माध्यमिक शिक्षा परीक्षा (एसइई) तथा कक्षा १२ को परीक्षाका क्रममा परीक्षा हलभित्र मोबाइल फोन लिएर प्रवेश गरेका विद्यार्थीहरूबाट जफत गरिएका ४९६ वटा मोबाइल फोन जिल्ला प्रहरी कार्यालय सिरहाले पानीमा डुबाएर नष्ट गरेको छ। करिब एक करोड रुपैयाँभन्दा बढी मूल्यका ती मोबाइल नष्ट गरिएपछि उक्त विषय अहिले व्यापक चर्चाको विषय बनेको छ।

मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको निर्देशनअनुसार परीक्षा मर्यादा उल्लङ्घन गरी मोबाइल लिएर आएका विद्यार्थीका उपकरण जफत गरी नष्ट गरिएको जिल्ला परीक्षा समन्वय समिति सिरहाले जनाएको छ।

समितिको निर्णयअनुसार बरामद गरिएका उपकरणको व्यवस्थापन तथा नष्ट गर्ने कार्यका लागि पाँच सदस्यीय उपसमिति गठन गरिएको थियो। उक्त उपसमितिको संयोजक शिक्षा विकास तथा समन्वय इकाइ सिरहाका शाखा अधिकृत राजदेव यादवलाई बनाइएको थियो।

उपसमितिमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान कार्यालयका प्रमुखहरूको समेत सहभागिता रहेको थियो।

संयोजक यादवका अनुसार बरामद मोबाइल फोन तथा स्मार्टवाचहरूलाई जिल्ला प्रहरी कार्यालयमा २४ घण्टासम्म पानीमा डुबाएर प्रयोग गर्न नसकिने अवस्थामा पुर्‍याइएको थियो। त्यसपछि जेठ २१ गते ती उपकरण नष्ट गरिएको हो।

नष्ट गरिएका सामग्रीमध्ये सात वटा आइफोन, ४८९ वटा एन्ड्रोइड मोबाइल फोन तथा पाँच वटा स्मार्टवाच रहेका छन्। ती सामग्रीको कुल बजार मूल्य करिब एक करोड रुपैयाँभन्दा बढी रहेको अनुमान गरिएको छ।

मोबाइल नष्ट गरिएको घटनाप्रति सामाजिक सञ्जालमा मिश्रित प्रतिक्रिया देखिएको छ। केहीले यसलाई परीक्षा अनुशासन कायम गर्न गरिएको कडा कदमका रूपमा समर्थन गरेका छन् भने केहीले मोबाइल नष्ट गर्नुको सट्टा जरिवाना वा अन्य वैकल्पिक कारबाहीको व्यवस्था गर्नुपर्ने धारणा व्यक्त गरेका छन्। साथै, आगामी वर्षका परीक्षामा मोबाइल प्रयोग नियन्त्रण गर्न यस कदमले सकारात्मक प्रभाव पार्ने अपेक्षा पनि गरिएको छ।

Tags: एसइई परीक्षाकक्षा १२ परीक्षाजिल्ला प्रहरी कार्यालय सिरहाताजा समाचारनेपाल समाचारपरीक्षा अनुशासनपरीक्षा मर्यादामधेश प्रदेशमोबाइल जफतमोबाइल नष्टराजदेव यादवरानी शर्मा तिवारीविद्यार्थीशिक्षा तथा संस्कृति मन्त्रालयशिक्षा नीति।शिक्षा समाचारसामाजिक सञ्जाल प्रतिक्रियासिरहास्मार्टफोनस्मार्टवाच
Previous Post

विश्व वातावरण दिवसको अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपाल द्वारा लगातार चौथो दिन जनचेतनामुलक कार्यक्रम , साइकल रैलिको आयोजन ।

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l