Wednesday, May 20, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा द्वारा उत्कृष्ट SEE विद्यार्थी सम्मानदेखि वृहत वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय ।

राष्ट्र आवाज by राष्ट्र आवाज
May 19, 2026
in समाचार
0
शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्सा द्वारा उत्कृष्ट SEE विद्यार्थी सम्मानदेखि वृहत वृक्षारोपण तथा सरसफाइ अभियान सञ्चालन गर्ने निर्णय ।
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

लालबाबु सिंह ५ जेष्ठ बिरगंज । शिक्षा,सामाजिक जिम्मेवारी तथा वातावरण संरक्षणका क्षेत्रमा निरन्तर सक्रिय रहँदै आएको शैक्षिक सहिद मुकुन्द प्रसाद खनाल प्रतिष्ठान पर्साले अब विभिन्न महत्त्वपूर्ण कार्यक्रम सञ्चालन गर्ने भएको छ।

प्रतिष्ठानकी सभापति मुना खनालको अध्यक्षतामा मंगलबार साँझ सम्पन्न बैठकमा वीरगञ्ज महानगर क्षेत्रभित्र SEE परीक्षा २०८२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गर्ने, जिल्लास्तरीय विद्यालयहरूमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्ने तथा वातावरण संरक्षणका लागि विभिन्न सामुदायिक विद्यालय र सार्वजनिक स्थानहरूमा वृहत वृक्षारोपण अभियान सञ्चालन गर्ने निर्णय गरिएको सचिव लालबाबु सिंहले जानकारी दिनुभयो।

सहभागीहरूका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा सार्वजनिक रूपमा आफ्ना विचार प्रस्तुत गर्ने कला अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। साथै वातावरण संरक्षणलाई प्राथमिकतामा राख्दै विद्यालय तथा सार्वजनिक स्थलहरूमा सरसफाइ अभियान सञ्चालन गरी स्वच्छ वातावरण निर्माणमा योगदान पुर्‍याउने प्रतिबद्धता समेत जनाइएको छ।
आजको बैठकमा प्रतिष्ठानका वरिष्ठ सल्लाहकार प्रकाश उपाध्याय, सल्लाहकार डा. हरेराम ठाकुर, समाजसेवी नन्द राउत अहिर, संजय पटेल, रितेश गुप्ता, प्रतिष्ठानका उपाध्यक्ष युवराज खड्का, कोषाध्यक्ष बिना खतिवडा तथा सदस्यहरू श्रवण बहादुर रायमाझी, शर्मा गोसाई, प्रभु रौनियार, अभिलाष गुप्ता, सुर्या नारायण बिक, सुबास सिंह, प्रिया मिश्रा, नवराज भट्टराई, पवन श्रेष्ठ, सुबास भट्टराई लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
बैठकमा यी सम्पूर्ण कार्यक्रम सफलतापूर्वक सञ्चालन गर्न विभिन्न उपसमितिका संयोजकहरूलाई जिम्मेवारी समेत बाँडफाँड गरिएको थियो।

Previous Post

ТОР ВХОД САЙТ ОНИОН KRAKEN ЗЕРКАЛО

राष्ट्र आवाज

राष्ट्र आवाज

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l