इरानले आफ्ना छिमेकी देशहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, बहराइन र कुवेतसँग युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति माग गरेको छ।
संयुक्त राष्ट्र संघका लागि इरानका स्थायी प्रतिनिधि अमिर सईद इरवानीले महासचिव एन्टोनियो गुटेरेसलाई पत्र पठाउँदै ती देशहरूले अन्तर्राष्ट्रिय कानून उल्लङ्घन गरेको आरोप लगाएका छन्।
पत्रमा भनिएको छ कि ती पाँच देशहरूले इरानप्रति आफ्नो अन्तर्राष्ट्रिय दायित्व पूरा नगरेको भन्दै अब उनीहरूलाई उत्तरदायी बनाइनुपर्नेछ। इरानले आफूलाई भएको भौतिक तथा मानसिक क्षतिसहित सम्पूर्ण क्षतिको पूर्ण क्षतिपूर्ति दिनुपर्ने माग गरेको छ।
बीबीसी फारसीका अनुसार उक्त पत्र इरानको सरकारी समाचार एजेन्सी इर्नाले सार्वजनिक गरेको हो।
इरानले यसअघि पनि युद्धका क्रममा भएको क्षतिको क्षतिपूर्ति माग्दै संयुक्त राज्य अमेरिकासँग दाबी प्रस्तुत गरिसकेको छ।

