काठमाडौं — उपसभामुख रुबीकुमारी ठाकुर ले आजदेखि औपचारिक रूपमा जिम्मेवारी सम्हालेकी छन्।
ठाकुरले सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुगेर पदबहाली गरेकी हुन्। पदभार ग्रहणपछि उनले सभामुख डोलप्रसाद अर्याल सँग पहिलो औपचारिक भेटसमेत गरेकी छन्। भेटका क्रममा अर्यालले उनलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
यही चैत २७ गते ठाकुर उपसभामुखमा निर्वाचित भएकी थिइन्। पदबहालीसँगै उनले संसदीय जिम्मेवारी औपचारिक रूपमा सुरु गरेकी हुन्।

