काठमाडौँ — लीलाकुमारी भण्डारी राष्ट्रियसभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनुभएको छ।
आज बसेको राष्ट्रियसभा बैठकमा प्रेमप्रसाद दङ्गाल ले भण्डारीलाई उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले पारित भएपछि नारायणप्रसाद दाहाल ले भण्डारी निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) की सांसद भण्डारी नेपाली कांग्रेससहित अन्य राजनीतिक दलहरूको सहमतिमा उपाध्यक्ष पदमा चयन हुनुभएको हो।
सत्तारूढ र प्रमुख प्रतिपक्ष दलबीच सहमति जुटेपछि उपाध्यक्ष चयन प्रक्रिया निर्विरोध भएको हो। यसले राष्ट्रियसभामा सहकार्य र सहमतिको सन्देश दिएको राजनीतिक वृत्तमा चर्चा गरिएको छ।

