Thursday, April 30, 2026
Rastra Aawaj
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
  • गृह
  • समाचार
  • अर्थ
  • खेलकुद
  • राजनीति
  • विचार
  • विश्व
  • समाज
  • YOUTUBE
No Result
View All Result
Rastra Aawaj
No Result
View All Result

पक्राउपछि केपी शर्मा ओली टिचिङ अस्पताल भर्ना

राष्ट्र आवाज by राष्ट्र आवाज
March 28, 2026
in राजनीति, समाचार, समाज
0
पक्राउपछि केपी शर्मा ओली टिचिङ अस्पताल भर्ना
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

केपी शर्मा ओली पक्राउ परेलगत्तै स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) भर्ना भएका छन्।

प्रहरीले शनिबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ गरेपछि उनलाई प्रारम्भिक स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो। सुरुमा ‘रेड एरिया’को २७ नम्बर बेडमा राखेर परीक्षण गरिएको थियो। त्यसक्रममा नेफ्रोलोजी विशेषज्ञ डा. रविन नेपालीसहितको टोलीले स्वास्थ्य अवस्था जाँच गरेको थियो भने मुटु रोग विशेषज्ञहरूले पनि परीक्षण गरेका थिए।

रगत परीक्षण, भिडियो एक्स–रे लगायत विभिन्न जाँचपछि उनलाई ‘एनेक्स वान’ भवनको ५०१ नम्बर बेडमा सारिएको अस्पताल स्रोतले जनाएको छ। सो बेड सामान्यतया मिर्गौला प्रत्यारोपण गरेका बिरामीका लागि प्रयोग हुने गर्दछ। ओली यसअघि दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका बिरामी हुन्।

ओलीलाई अस्पतालको उक्त भवनसम्म लैजाँदा उनकै सवारी साधन प्रयोग गरिएको थियो। हाल उनको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको बताइएको छ।

यसैबीच, ‘जेनजी आन्दोलन’ दमनसँग सम्बन्धित फौजदारी आरोपमा कारबाही सिफारिस भएपछि उनलाई पक्राउ गरिएको जनाइएको छ। सोही प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका छन्।

शनिबार सार्वजनिक बिदा परेकाले दुवै जनालाई आइतबार अदालतमा उपस्थित गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

ओली पक्राउपछि एमालेको आकस्मिक सचिवालय बैठक, आजैदेखि सडक प्रदर्शन घोषणा

Next Post

गहवा माई मन्दिरमा महाआरतीको दोस्रो दिन: भक्तजनलाई प्रसाद वितरण, श्रद्धालुहरूको उल्लेख्य सहभागिता

राष्ट्र आवाज

राष्ट्र आवाज

Next Post
गहवा माई मन्दिरमा महाआरतीको दोस्रो दिन: भक्तजनलाई प्रसाद वितरण, श्रद्धालुहरूको उल्लेख्य सहभागिता

गहवा माई मन्दिरमा महाआरतीको दोस्रो दिन: भक्तजनलाई प्रसाद वितरण, श्रद्धालुहरूको उल्लेख्य सहभागिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Twitter Youtube
Rastra Aawaj Multimedia Pvt. Ltd.
वीरगंज महानगरपालिका - १४, श्रीपुर
सूचना विभाग दर्ता नंः ४९२२/०८१/८२
प्रेस काउन्सिल दर्ता नं : ४९३६/०८१/८२
rastraawaj@gmail.com

Follow Us

अध्यक्ष : सत्येन्द्र प्रसाद यादव
कार्यकारी निर्देशक : अनुप यादव
सम्पादक : पिंकी यादव
सह-सम्पादक : दीपेन्द्र प्रसाद
सम्वाददाता : सन्दीप जयसवाल
सम्वाददाता : चन्दन दास
कानुनी सल्लाहकार : औरन्जेब अहमद

बिज्ञापनको लागि

९८४५३०५७४०
९८०४२८८३५१

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l  

No Result
View All Result

2025 Powered ll Site Designed By Newlife Ranjit Yadav   l